Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

हिमालको संरक्षण गर्नु सबै नेपालीको साँझा कर्तव्य हो - पर्यटनमन्त्री पाण्डे

हिमालको संरक्षण गर्नु सबै नेपालीको साँझा कर्तव्य हो - पर्यटनमन्त्री पाण्डे

  • मंगलवार, जेठ १३ २०८२

  • 563
    SHARES

  • हिमालको संरक्षण गर्नु सबै नेपालीको साँझा कर्तव्य हो - पर्यटनमन्त्री पाण्डे

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य रहेको उद्घोष गर्नुभएको छ । एभरेष्ट समिटियर सम्मेलनको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले हिमाल आरोहणमा सफलता हासिल गर्ने सम्पूर्ण समिटियरहरूप्रति बधाई दिँदै हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औँल्याउनु भएको हो ।

    सम्मेलनमा सम्बोधन गर्दै मन्त्री पाण्डेले शेर्पा समुदाय, गाइड, उद्धार टोली र हिमाली क्षेत्रमा निरन्तर खटिएर सेवा पु¥याउने सबैप्रति विशेष सम्मान व्यक्त गर्नुभयो । सरकार पर्वतारोहणको प्रवद्र्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री पाण्डेले बताउनुभयो । साथै, पर्वतीय पर्यटनसँगै स्थानीय समुदायको समृद्धि र जीवनस्तरमा सुधार ल्याउन प्रतिबद्ध रहेको उहाँको भनाई छ ।

    मन्त्री पाण्डेले जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण हिमाली भविष्य संकटमा परेको उल्लेख गर्दै अब समय आएकाले सावधानी, बुद्धिमत्ता र सम्मानपूर्वक यी हिमालहरूको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।


    मंगलवार, जेठ १३ २०८२०१:४५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij