Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रवीको कारागार बसाई लम्बिएपछी रास्वपा कठिन मोडमा,विकल्प खोज्न र रिक्त पदपुर्ति गर्न चौतफी दवाब, रवीको अभाव टार्नै सकस (खासखबर)

रवीको कारागार बसाई लम्बिएपछी रास्वपा कठिन मोडमा,विकल्प खोज्न र रिक्त पदपुर्ति गर्न चौतफी दवाब, रवीको अभाव टार्नै सकस (खासखबर)

  • आइतवार, जेठ ११ २०८२

  • 582
    SHARES

  • रवीको कारागार बसाई लम्बिएपछी रास्वपा कठिन मोडमा,विकल्प खोज्न र रिक्त पदपुर्ति गर्न चौतफी दवाब, रवीको अभाव टार्नै सकस (खासखबर)

    काठमाडौं। सभापति रवी लामिछानेको कारागार बसाई लम्बिने भएपछी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा यतिबेला कठिन मोडमा पुगेको छ। सहकारी प्रकरणमा मुछिएका लामिछाने यतिबेला सहकारी ठगी, र संगठित अपराधसमेतको मुद्दामा पुर्पक्षका लागि रूपन्देही जिल्ला कारागार भैरहवामा छन्।

    यसअघी अनुसन्धानका क्रममा हिरासतमा रहेका लामिछाने यसअघी धरौटीमा रिहा भएपनि उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउने आदेश दिएपछी उनि भैरहवा कारागार चलान भएका हुन्।

    त्यसपछी उक्त आदेशविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दिएका लामिछानेलाई सर्वोच्चले पनि उच्चकै आदेश सदर गरेर थुनामुक्त गर्न अस्वीकार गरेसँगै लामिछानेको कारागार बसाई लम्बिने निश्चीत भएपछी रास्वपा कठिन र जटिल मोडमा पुगेको हो।

    सर्वोच्चमा सुनुवाई प्रक्रिया चलिरहेका बेला रबी रिहा झिनो अपेक्षमा रहेपनि आदेशले अपेक्षा तुहिएपछी रास्वपालाई संकट आइलागेको छ। यता लामिछाने कारागार चलान भएपछी अभिभावकविहिन बनेको रास्वपा अहिले पार्टी नेतृत्वसहित केही पदमा कार्यबाहककै भरमा चलिरहेको छ।

    अहिले रास्वपा संसदमा संसदिय दलको नेताविहिन छ भने पार्टीभित्र सभापतिसँगै पार्टीभित्र एक उपाध्यक्ष, महामन्त्री, सह महामन्त्री पदसँगै अन्य केही पदाधीकारीविहिन छ। भने यसअघी पटकपटक धकेलिएर आगामी फागुनका लागी तय महाधीवेशनमाथी पनि शंका उब्जिएको छ।

    रबीकै अनुहारले जन्मिएको पार्टी रबीकै अभावमा संकटउन्मुख देखिएपछी अहिले रास्वपामा उक्त संकट टार्न आन्तरीक दवाब तिब्र रुपमा बढ्न थालेको छ। सभापति लामिछाने बाहिर आउने सम्भावना कम भएपछी मुख्य पद नै रिक्त राखेर पार्टीलाई अगाडि बढाउन नसकिने भन्दै पदपूर्ती गरेर समयमै महाधिवेशन गर्नुपर्ने माग उठ्न थालेको छ।

    अधिवक्तासमेत रहेका रास्वपाका नेता यज्ञमणि न्यौपानेले कार्यवाहक पार्टी सभापति डीपी अर्याल र उपसभापति स्वर्णिम वाग्लेलाई सुझावपत्र नै पठाएर रिक्त पदपूर्ति गर्न प्रस्ताव गर्नुभएको छ।

    नेता न्यौपानेले यसअघी सर्वोच्चको आदेश कुरेर बस्दा पदपूर्ती केही लम्बिएको बताउँदै अब सभापति लामिछाने केही समय बाहिर आउने सम्भावना नहरेपछी पनि मुख्य पदहरु नै रिक्त राखेर पार्टी अगाडि बढ्न नसक्ने हुँदा महाधिवेशनपूर्व नै रिक्त पदपूर्ति गरेर पार्टी सँस्थागत गर्नुपर्ने बताउनुभयो।

    सर्वोच्चको आदेशले अहिले रास्वपालाई अब कोर्स करेक्सन गरेर जानुपर्ने बाटो देखाएको बताउँदै न्यौपानेले अब चुप लागेर बस्न नहुने बताउनुभयो। उहाँले १२ लाख मतदाताको विश्वासलाई मनन गरेर बैकल्पीक राजनैतिक सोचलाई अगाडी बढाउँदै जानुपर्ने बताउनुभयो।

    सर्वोच्चको आदेशपछी रास्वपाले आकस्मीक बैठक बसेर सचिवालय समिति र केन्द्रीय समितिको बैठक नै बोलाएको थियो। जुन बैठक पनि आज बसिसकेको छ तर पार्टीभित्रका रिक्त पदपूर्ती गर्नेबारे भने छलफल नै गर्न सकेन।

    आजको केन्द्रीय समिति बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले बैठकले पार्टी सभापतिका सम्बन्धमा सर्वोच्चको निर्णय स्वीकार गर्ने निर्णय मात्रै गरेको बताउनुभयो। पार्टीका रिक्त पदाधीकारीका सम्बन्धमा भने अहिले कार्यबाहकले चलाई नै रहेकोले आगामी बैठकमा मात्रै छलफल हुने उहाँको भनाई छ।

    रास्वपामा सभापति लामिछाने कारागार चलान भएपछि उपसभापति डिपी अर्याल कार्यवाहक सभापति रहँदा पद खालि छ भने एकजना महिला उपाध्यक्षसँगै मुकुल ढकालले छोडेपछि महामन्त्री पद र सुमना श्रेष्ठले राजीनामा दिएपछि एक सहमहामन्त्री पद पनि खाली छ।

    रवीको अदालती प्रक्रियामा रुमल्लिँदा रास्वपाले अहिलेसम्म यी पदमा पदपूर्ती गर्न सकेको छैन। जसकारण रास्वपालाई रबीकै अनुहारले जन्मेको पार्टी रवीकै अभावले संकटमा परेको टिप्पणी हुन थालेको छ।

    तसर्थ पार्टी पंक्तीबाटै यो आलोचना र टिप्पणी चिर्दै १२ लाख मतदाताको अपेक्षा सम्बोधन हुने गरी रास्वपालाई थप सुदृढ रुपले पार्टी र संगठन अगाढी बढाउन जरुरी छ। जुन आवश्यकता पुरा गर्न पार्टीभित्रका आन्तरीक समस्याकै कारण शिर्ष नेताहरुलाई भने चुनौतिपूर्ण देखिन्छ।


    आइतवार, जेठ ११ २०८२०८:१५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij