Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नीति तथा कार्यक्रम बहुमतले पारित

नीति तथा कार्यक्रम बहुमतले पारित

  • आइतवार, बैशाख २८ २०८२

  • 572
    SHARES

  • नीति तथा कार्यक्रम बहुमतले पारित

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि सरकारले प्रतिनिधि सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सभामुख देवराज घिमिरेले ध्वनी मतका आधारमा सरकारको नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका गर्नुभएको हो ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएके थियो । संसद्मा पेश गरिएको नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल थालिएको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि सांसद्हरूले उठाएको प्रश्नको जवाफ पनि आजै दिनुभएको थियो । विपक्षी दलका सांसद्हरूल सरकारका नीति तथा कार्यक्रमाथि पेश गरेका अधिकांश संशोधन प्रस्ताव भने अस्वीकृत भएको छ ।

    नीति तथा कार्यक्रम पारित भएकाले सरकारलाई जेठ १५ गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ । सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट तयारीलाई अन्तिम चरणमा पुर्यनुभएको छ ।


    आइतवार, बैशाख २८ २०८२०३:५७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij