काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले हिजो महासंघमा पानी बाराबार गर्नेहरु कुम जोडेर हिड्दै नैतिकताको कुरा गर्न नसुहाउने टिप्पणी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थसम्वादमा पत्रकार टी.पी. भुसालसँग कुरा गर्दै पूर्व अध्यक्ष ढकालले महासंघमा क्रान्तिकारी कुराहरुले विगत हेर्न समेत आग्रह गर्नु भयो । विगतमा उहाँहरुलाई बोकेर स्थापित गर्दा चण्डीराज चाहिने तर अहिले सर्मथन नगरेपछि विरोध गर्दै हिड्दा आफुलाई कुनै फरक नपर्ने बताउनु भयो ।
उहाँले अहिले पुर्व अध्यक्षहरु आफुले झुण्ड बनाएर हिड्दा त्यो सबै ठिक हुने तर अरुले गरे त्यो बेठिक हुने भन्दै हिडुनु जायज नभएको समेत बताउनु भयो ।
‘अहिले पनि केही पूर्व अध्यक्षहरु झुण्ड बनाएर भाषण गर्दै हिड्दा केही नहुने तर मैले कसैलाई सहयोग गरे भने त्यसलाई हस्तक्षेप ठान्नु गलत हो । हिजो जिल्लामा कार्यक्रम गर्न नसक्ने, एक जिल्लाबाट अर्को जिल्ला जानु प¥यो भने मलाई पर्खि पर्खि जानेहरूले अहिले मलाई हावी भयो भन्छन ।
यो पराजित मानसिकताको उपज हो,’ उहाँले भन्नुभयो । ढकालले निर्वाचनका बेला पक्ष विपक्ष हुने भएपनि महासंघको इतिहासमा यस्तो विवाद विगतमा कहिल्यै नभएको बताउनु भयो । महासंघको चुनाव गत वर्ष चैतमा नै हुने अवस्था रहे पनि त्यो बेला सहमतीका प्रयास नगर्ने तर अहिले सार्थक प्रयास विना नै सहमतिबाट भाग्यो भन्नु गलत भएको ढकालले टिप्पणी गर्नुभयो ।
विगतमा वरिष्ठ उपाध्यक्षलाई अनुभवका आधारमा नेतृत्वमा लैजान सके महासंघ बलियो हुने दृष्टिकोणका आधारमा वरिष्ठ उपाध्क्ष्यको निर्वाचन गर्ने पद्धती अंगालेपनि त्यसको औचित्य समाप्त भएको ढकालले बताउनु भयो ।
महासंघका पुर्व अध्यक्ष ढकालसंग गरिएको थप कुराकानी तलको लिंकमा सुन्न सकिनेछ ।