Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनमा कुनै समस्या नरहेको देउवाको ब्रिफिङ

सत्ता गठबन्धनमा कुनै समस्या नरहेको देउवाको ब्रिफिङ

  • शुक्रवार, बैशाख २६ २०८२

  • 513
    SHARES

  • सत्ता गठबन्धनमा कुनै समस्या नरहेको देउवाको ब्रिफिङ

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा पार्टीको तर्फबाट समस्या नरहेको बताउनुभएको छ । सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट कुनै समस्या नरहेको बताउँदै उहाँले प्रचण्डले जस्तै ओलीले पनि छोडेर गएको खण्डमा भनेर कसैको केही नलाग्ने बताउनुभयो ।

    आज शुक्रबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा बोलाएको पदाधिकारी बैठकमा गठबन्धनबारे ब्रिफिङ गर्दै सभापति देउवाले अहिलेसम्म प्रधानमन्त्री ओली र नेकपा एमालेसँग आफू र नेताहरूको कुनै पनि विषयमा खटपट नभएको बताउनु भएको हो ।

    सत्ता गठबन्धनबारे गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखकले पनि सत्ता गठबन्धनबारे ब्रिफिङ गर्दै राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई लिएर गठबन्धनमा समस्या भएको भनेर हल्ला चले पनि सत्य नभएको बताउनुभयो ।

    गभर्नर नियुक्तिको विषयमा बिहीबार साँझ प्रधानमन्त्री ओलीसहित एमाले नेताहरूसँग भएको छलफलमा सहमति भइसकेको गृहमन्त्री लेखकले बताउनु भएको छ । सभापति देउवाले गभर्नरको विषयमा हिजो भन्दा पहिला नै ओलीसँग सहमति भइसकेको बताउनुभयो । बैठकमा उपस्थित पदाधिकारीहरुले गभर्नरका कारण गठबन्धन नै टुट्न लाग्यो भन्ने हल्ला फैलाउनेहरू सलबलाएको भन्दै छिटै टुङ्गो लगाउन आग्रह गरेका थिए ।

    बैठकमा सत्ता गठबन्धनबाहेक राष्ट्र बैंकको गभर्नर, सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको गठन, भारत–पाकिस्तानबिचको द्वन्द्व, संवैधानिक निकायहरूमा रिक्त पदपूर्ति, र विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा छलफल भएको बैठकपछि प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिनुभयो ।

    बैठकपछि प्रवक्ता महतले सञ्चारकर्मीहरूसँग संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू टुङ्गो लगाउन धेरै ढिला भइसकेको र सर्वोच्च अदालतको परिमार्जन गर्ने आदेशपछि कानुन टुङ्ग्याएको भएपनि अझै पनि संरचना नबन्नाले काम अगाडि बढ्न नसकेका छिटो टुंग्याउन सरकारलाई सुझाव दिनुपर्ने धारणा पदाधिकारीहरूबाट आएको जानकारी दिनुभयो ।

    त्यस्तै बैठकले भारतले आतंकवादको विरुद्धमा पाकिस्तानमाथि गरेको कारबाही जायज रहेको निष्कर्ष निकालेको छ । कांग्रेसले विद्यालय शिक्षा विधेयकलाई छिटो टुङ्ग्याउने र टुङ्ग्याउने क्रममा सार्वजनिक र निजी विद्यालय सबैलाई समेट्नु पर्ने बैठकले निष्कर्ष निकालेको छ ।


    शुक्रवार, बैशाख २६ २०८२०२:४९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij