काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते हुनु भएको छ।
गएराति करिब १२ बजे निवासमा शौचालयमा चिप्लिएर लडेपछि निधारमा चोट लागेको प्रचण्डको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार घाइते भएलगत्तै प्रचण्डलाई राति नै ललितपुरको मेडिसिटी अस्पताल लगिएको थियो। हाल प्रचण्डको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ।