Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रिसा साहको मृत्यु प्रकरणबारे छानबिन सरकारलाई निर्देशन

प्रिसा साहको मृत्यु प्रकरणबारे छानबिन सरकारलाई निर्देशन

  • सोमवार, बैशाख २२ २०८२

  • 725
    SHARES

  • प्रिसा साहको मृत्यु प्रकरणबारे छानबिन सरकारलाई निर्देशन

    काठमाडौं । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत छात्रा प्रिसा साहको शङ्कास्पद मृत्यु प्रकरणबारे छानबिनका लागि पहल गर्न र विदेशमा रहेका अरू नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको व्यवस्था गर्न संसदले सरकारलाई निर्देशन दिएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले यस प्रकरणमा के–कसो भएको हो भनेर खोजीनीति गर्न निर्देशन दिए । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्ने क्रममा सांसदहरुले प्रिसा साह मृत्यु प्रकरणबारे संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । केही समयअघि सोही विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको पनि रहस्यमय ढङ्गले मृत्यु भएको थियो । पुनः सोही प्रकृतिको घटना अहिले दोहोरिएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरूले थप असुरक्षित महसुस गरेको सांसदहरूको भनाइ छ ।

    सांसदहरू देवेन्द्र पौडेल, डा. अमरेशकुमार सिंह, रामकृष्ण यादव, निर्मला कोइरालालगायतले प्रिसा साह मृत्यु प्रकरणबारे संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।


    सोमवार, बैशाख २२ २०८२०१:०३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij