Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिवद्ध छ - स्वास्थ्य मन्त्री पौडेल

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिवद्ध छ - स्वास्थ्य मन्त्री पौडेल

  • आइतवार, बैशाख २१ २०८२

  • 737
    SHARES

  • गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिवद्ध छ - स्वास्थ्य मन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले सिकलसेल र थालेसिमियाका बिरामीलाई सङ्क्रमक रोगबाट जोगाउन भारत सरकारबाट प्राप्त खोप आज नेपालगञ्जस्थित भेरी अस्पताललाई हस्तान्तरण गर्दै पछिल्लो समयमा नेपालका सबैजसो सरकारी अस्पतालको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार भइरहेको दाबी गर्नुभयो ।

    अस्पताललाई अझै बढी सुधार गरेर लैजानुपर्ने आवश्यकता रहेको बताउँदै मन्त्री पौडेलले भेरी अस्पतालबाट मुटु, मिर्गौला प्रत्यारोपण र जलनको उपचारका लागि स्थायी दरबन्दी स्वीकृत गरेर व्यवस्थित गराउन खोजिएको जानकारी जानकारी दिनुभयो ।

    सरकारी अस्पतालका बारेमा विभिन्न प्रकारका नकारात्मक टिप्पणी सुनिने गरिएको बताउँदै मन्त्री पौडेलले त्यस्ता टिप्पणीरहित सेवा प्रदान गर्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ ।

    स्वास्थ्य बिमालाई व्यवस्थित गरेर सबैलाई निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य उपचार प्रदान गर्नेतर्फ सरकार गम्भीर भएकामा जोड दिँदै त्यसमा सरोकार भएका र स्वास्थ्यसम्बन्धी निकायको पनि सहयोग आवश्यक पर्ने आवश्यकता औँल्याउनुभयो ।


    आइतवार, बैशाख २१ २०८२०५:५१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij