Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रेशम चौधरी पक्राउ नै अनधिकृत, आजै रिहा हुने, पक्राउको पत्र लेख्ने बिष्ट पक्राउ

रेशम चौधरी पक्राउ नै अनधिकृत, आजै रिहा हुने, पक्राउको पत्र लेख्ने बिष्ट पक्राउ

  • बुधवार, बैशाख १७ २०८२

  • 1.2K
    SHARES

  • रेशम चौधरी पक्राउ नै अनधिकृत, आजै रिहा हुने, पक्राउको पत्र लेख्ने बिष्ट पक्राउ

    काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ नै अनधिकृत रहेको पाइएको छ। अदालतको प्रशासनले नै इजलासबाट आएको फैसला शैलीमा पत्र लेखेर प्रहरीलाई दिएपछि चौधरी पक्राउ परेको खुलेको छ ।

    सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइदिएर यस्तो पत्र लेखेका थिए। यही पत्रका आधारमा प्रहरीले चौधरीलाई आज नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेको थियो।

    त्यसलगत्तै सर्वोच्च अदालतले चौधरी पक्राउ गर्नू भनी पठाएको पत्र गलत भन्दै अर्को पत्र पठाएको छ। सर्वोच्चले फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पत्र पठाउँदै चौधरी पक्राउ गर्न यसअघि पठाइएको पत्र गलत रहेको भन्दै अर्को पत्र पठाएको हो।

    अब पत्र कारागार पुगेलगत्तै चौधरी आजै रिहा हुने भएका छन्। उता सर्वोच्चको मुद्दा शाखाबाट चौधरी पक्राउ गर्न पत्र काट्ने शाखा अधिकृत विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विष्टलाई काठमाडौं प्रहरी परिसरको टोलीले सर्वोच्चबाट पक्राउ गरेर हिरासतमा राखेको छ।

    पक्राउ गर्न गएको टोलीको एक सदस्यका अनुसार विष्टले टीकापुर घटनामा ज्यान गुमाएका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् ।


    बुधवार, बैशाख १७ २०८२०४:३७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij