काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । चौधरीलाई आज केहीबेर अगाडी कमलादीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
कमलादीमा नाउपा र जनमत पार्टीको एकता सभा गर्ने तयारी थियो। सोही कार्यक्रमका लागी कमलादी पुगेका चौधरीलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीले बताउनुभयो ।
टीकापुर घटनापछि पाँच वर्ष सजाय भोग्नुभएका चौधरीलाई गणतन्त्र दिवसको दिन गत जेठ १५ गते आममाफी दिइएको थियो । त्यसको विरुद्धमा टीकापुर घटनाकी पीडित शारदा कडायतले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
एसएसपी अधिकारीका अनुसार सो रिटमा सुनुवाई हुँदै सर्वोच्चले तत्कालका लागि थुनामा राख्नु भनी आदेश दिएपछी पक्राउ गरी डिल्लीबजार लगिएको हो।
पाँच वर्ष ३ महिना जेल सजाय भुक्तान गरेका चौधरी २०८० जेठ १५ गते आममाफी पाएपछि रिहा भएका थिए। २०७२ साल भदौ ७ गते टीकापुर घटना हुँदा नाबालकसहित आठ जनाको ज्यान गएको थियो ।