Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images
नेकपा विवाद झनै जटिल मोडमा

प्रचण्डको दस्तावेज तल पठाउनु गम्भीर गल्ती भएको ओली पक्षको चेतावनी

प्रचण्डको दस्तावेज तल पठाउनु गम्भीर गल्ती भएको ओली पक्षको चेतावनी

अध्ययन र जानकारीका लागि पठाइएको अर्का पक्षको स्पष्टिकरण
  • बुधवार, मंसिर १० २०७७

  • 1.2K
    SHARES

  • प्रचण्डको दस्तावेज तल पठाउनु गम्भीर गल्ती भएको ओली पक्षको चेतावनी

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवादमा नयाँ मोड सिर्जना भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सचिवालयमा छलफलका लागि पेश गर्नुभएको राजनीतिक दस्तावेज प्रकाशित गरेर तल्लो तहका नेता–कार्यकर्तासम्म पु¥याएपछि प्रधानमन्त्रीसमेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले विरोध गरेका छन् ।

    ओलीनिकटका नेताहरुले प्रचण्ड–नेपाल समूहको उक्त कदमले पार्टीको विवाद विधिवत रूपमा फुटतर्फ अघि बढेको दाबी गर्दै त्यसलाई विभाजनको प्रस्तावका रूपमा अथ्र्याएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीको कमजोरीलाई औल्याउँदै गत कात्तिक २८ गतेको सचिवालय बैठकमा राजनीतिक दस्तावेज पेश गर्नुभएको थियो ।

    यही मंसिर ३ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफ्नो राजनीतिक जीवनमा पहिलोपल्ट निकृष्ट शब्दसहितका आरोप खेपेको र यसको जवाफ आफूले पनि लिखित रुपमा दिने भन्दै १० दिनको समय माग्नुभएको थियो । सोहीअनुसार यही मंसिर १३ गते बस्ने सचिवालयमा अध्यक्ष ओलीले प्रचण्डले लगाएका आरोपलाई खण्डन गर्दै दस्तावेज प्रस्तुत गर्ने तयारी गर्नुभएको छ ।

    तर त्यसअघि नै प्रचण्डद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन प्रकाशन गरेर तल्लो तहलाई पठाइनु विभाजनकारी कदम भनेर ओली पक्षका नेताहरुले अथ्र्याएका छन् ।

    तर यता, वरिष्ठ नेता माधव नेपालनिकट मानिने पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले उक्त दस्तावेज तल्लो तहमा अध्ययनका लागि मात्र पठाइएको बताउनुभयो । पार्टीमा विवाद सृजना भइसकेपछि तल्लो तहसम्म चासो र चिन्ता बढ्ने भएकाले स्पष्ट हुन दस्तावेज पठाइएको हुनसक्ने तर तल्लो तहमा सो दस्तावेज औपचारिक छलफलको विषय भने बन्न नसक्ने बताउनुभयो ।

    माधव नेपाल पक्षले दस्तावेज तल्लो तहमा पठाउँदा ओलीको पत्रलाई पनि समावेश गर्नुपर्ने बताउँदै आएको छ । ओलीनिकटका नेताहरुले प्रचण्डको उक्त प्रस्ताव पार्टी केन्द्रीय कार्यालयले प्रकाशन गरेको दाबी गरेको छन् ।

    पार्टी कार्यालय र लोगो समेत दुरुपयोग गरी विधानविपरीतको हर्कत भन्दै पार्टी केन्द्रीय कार्यालयका सचिवको योग्यतामाथि नै ओलीनिकट नेताहरुले प्रश्न उठाएका छन् । तर पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले भने उक्त आरोपको खण्डन गर्दै सो प्रस्तवा प्रकाशनबारे आफू जानकार नरहेको दाबी गर्नुभयो । 

    ओलीनिकट नेतहरुले भने प्रचण्ड–नेपाल समूहले उक्त दस्तावेज प्रकाशन गरेर तल्लो तहमा पठाउनु पार्टी विभाजनको औपचारिक प्रस्ताव भनेका छन् । प्रधानमन्त्री ओलीका विश्वास पत्र मानिने नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले सो प्रस्ताव तल्लो तहमा पठाएर गम्भीर गल्ती गरेको चेतावनी दिनुभएको छ ।

    तल्लो तहका कार्यकर्ता पार्टी हितविरुद्ध र पार्टी विभाजनको पक्षमा नरहेको भन्दै प्रचण्डको उक्त दस्तावेजलाई तल्लो तहका कार्यकर्ताले स्वीकार नगर्ने नेता बस्नेतले जिकिर गर्नुभयो ।

    पार्टीका प्रवक्ता समेत रहनुभएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सचिवालयमा पेस भएका दस्तावेज प्रदेश र जिल्ला कमिटीसम्म बहस र जानकारीका लागि पठाइएको प्रतिक्रिया दिनुभएको छ ।

    दस्तावेज तल पठाएसँगै नेकपाको केन्द्रमा रहेको विवाद विधिवतरूपमा आधारतभूत तहसम्म विस्तारित भएको छ । यसले विवाद झनै जटिल मोडमा पु¥याएको देखिएको छ ।

    यस्तो छ प्रकाशन गरेर तल्लो तहमा पठाइएको प्रचण्डको राजनीतिक दस्तावेज


    बुधवार, मंसिर १० २०७७०७:२१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij