Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु पर्नेमा महासंघका अध्यक्ष ढकालको जोड

औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु पर्नेमा महासंघका अध्यक्ष ढकालको जोड

  • शनिवार, बैशाख १३ २०८२

  • 383
    SHARES

  • औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु पर्नेमा महासंघका अध्यक्ष ढकालको जोड

    काठाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु हुनु पर्ने बताउनु भएको छ ।

    विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, प्रतिलिपी अधिकार राजिष्टारको कार्यालयले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो धारणा राख्नु भएको हो ।

    बौद्धिक सम्पत्ति (आइपी) बारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिने गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले कतिपय टे«डमार्ककका विषयमा विवादहरु आउने गरेकोले यसको समाधानमा जोड दिनु पर्ने बताउनु भयो । यस्तै उहाँले ट्रेर्डमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाईको प्रक्रियालाई सरल रहज र छिटो गर्नु पर्ने बताउनु भयो ।

    “नेपालको कानूनले पनि बौद्धिक सम्पत्तिलाई कानुनमा सुरक्षित गरिएको छ । जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कहरूलाई सुरक्षित राख्न सहयोग गरेको छ । यस्ता कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिबृद्धिमा ठूलो सहयोग पुग्ने छ । ”उहाँले भन्नुभयो । उहाँले गीत संगीत क्षेत्र मनोरञ्जन उद्योगका रुपमा विकास हुँदै आएको अवस्थामा सर्जकहरुले सिर्जनाको संरक्षण आवश्यक रहेको बताउनु भयो ।


    शनिवार, बैशाख १३ २०८२०७:०५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij