Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय एकता आवश्यक रहेको प्रधानमन्त्रीको टिप्पणी

राष्ट्रिय एकता आवश्यक रहेको प्रधानमन्त्रीको टिप्पणी

  • शुक्रवार, बैशाख १२ २०८२

  • 417
    SHARES

  • राष्ट्रिय एकता आवश्यक रहेको प्रधानमन्त्रीको टिप्पणी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको जस्तो राष्ट्रिय एकता र सहकार्य भावी दिनमा पनि कायम रहनु आवश्यक रहेको बताउनुभएको छ । आज २०७२ सालको विनाशकारी भूकम्पको १० औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले प्राकृतिक विपत्तिको सामना गर्न राष्ट्रिय एकता, समन्वय र पूर्वतयारी अपरिहार्य भएको भन्दै त्यस्ता विपत्तिपछिको उद्धार, राहत तथा पुनःनिर्माणमा देखिएको नेपाली जनताको साहस, सुरक्षाकर्मीहरुको योगदान र अन्तर्राष्ट्रिय मित्रहरुको सहयोगको खुलेर प्रशंसा समेत गर्नुभयो । पुनःनिर्माणको असाधारण क्षमता देखाएको बताउँदै प्रधानमन्त्री ओलीले अबका दिनमा संरचना बलियो बनाउने र क्षति हुन नदिने पूर्वतयारीमै जोड दिनुपर्ने बताउनुभयो ।

    भूकम्पका बेला संविधान निर्माणको संवेदनशील चरण रहे पनि, राजनीतिक दलबीच देखिएको समझदारी र एकता उल्लेख गर्दै उहाँले पक्ष–विपक्ष नभनी सबै एकजुट भयौं, यही राष्ट्रिय एकता भावी चुनौती सामना गर्न पनि आवश्यक रहेको टिप्पणी गर्नुभयो ।

    प्रधानमन्त्रीले प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणमा सुरक्षित संरचना, कानुनी सुधार, नागरिक सचेतना, पूर्वतयारी र सरकारको सक्रियता अपरिहार्य भएको बताउनुभयो । साथै, आलोचना पनि तथ्य र रचनात्मक हुनुपर्ने भन्दै समाजलाई बाँड्ने झुटा प्रचारप्रति सचेत रहनुपर्नेमा जोड दिनुभयो ।


    शुक्रवार, बैशाख १२ २०८२०२:१५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij