Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा लोकतन्त्र स्थापनाको १९ वर्ष पूरा, व्यवस्था फेरिए पनि जनताको अवस्था ज्यूँ का त्यूँ, दलहरुकै कारण लोकतन्त्र धरापमा परेको गुनासो (खासखबर)

नेपालमा लोकतन्त्र स्थापनाको १९ वर्ष पूरा, व्यवस्था फेरिए पनि जनताको अवस्था ज्यूँ का त्यूँ, दलहरुकै कारण लोकतन्त्र धरापमा परेको गुनासो (खासखबर)

  • बिहिवार, बैशाख ११ २०८२

  • 995
    SHARES

  • नेपालमा लोकतन्त्र स्थापनाको १९ वर्ष पूरा, व्यवस्था फेरिए पनि जनताको अवस्था ज्यूँ का त्यूँ, दलहरुकै कारण लोकतन्त्र धरापमा परेको गुनासो (खासखबर)

    काठमाडौं। आज बैशाख ११ गते अर्थात, नेपालमा लोकतन्त्र स्थापना भएको दिन। नेपालमा लोकतन्त्र दिवस मनाउन थालेको आज ठिक १९ वर्ष पूरा भएको छ।

    तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा स्मरण गर्दै हरेक वर्ष बैशाख ११मा यो दिवस मनाउने गरिन्छ। सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागितामा २०६२/६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो ।

    तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए। सोही घोषणाअनुसार पुनःस्थापित संसदको४ जेठको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो।

    ८ जेठ २०५९मा विघटन भएको संसद् आन्दोलनरत दलको मार्गचित्र बमोजिम ११ वैशाख २०६३ मा पुनःस्थापना भएपछि वि.सं २०६४देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो। ०६२/०६३को जनआन्दोलनले बनाएको मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले ११ वैशाखको राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए।त्यही घोषणालाई आधार मान्दै लोकतन्त्र दिवस मनाउन थालिएको हो।

    त्यसैको जगमा गठीत संविधानसभाबाट विसं २०७२ साल असोज ३ गते जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधानले देशलाई सङ्घीयतामासमेत प्रवेश गराएको छ। सोही बमोजिम सङ्घ, प्रदेश र स्थानीय तह गरी सङ्घीयताको अभ्यासमा दुईपटक निर्वाचन भई मुलुक अहिले यहाँसम्म अघि बढेको छ।

    संङ्घीयताको मर्मअनुसार राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पु¥याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने उद्देश्यले सङ्घीयताको अभ्यासमा मुलुक अघी बढिरहेको भएपनि जनअपेक्षाअनुसार नतिजा नआउँदा जनतामा असन्तुष्टि बढिरहेको देखिन्छ।

    व्यवस्था परिवर्तन भएपनि देश र जनताको अवस्था नफेरिएको भन्दै जनमासनमा गुनासो पनि बढ्दै गएको छ। भने सिमित राजनैतिक दल र तीनका नेतृत्वकर्ताको अकर्मन्यतासँगै सत्ता लिप्सा, पदीय लोलुपता, र नातावाद तथा कृपावादले सरकार गठन र विघटनका श्रृंखलासँगै भ्रष्टाचारका काण्डले उत्पन्न राजनैतीक अस्थिरताले जनतामा शासन व्यवस्थाप्रति नै चरम असन्तुष्टि र आक्रोश चुलिँदै गएको छ।

    यही असन्तुष्टिलाई लिएर उनै पूर्वराजा ज्ञानेन्द्रले फेरी सक्रियता बढाउँदै लगेका छन् भने उनका पक्षमा र वर्तमान व्यवस्थाका विरुद्धमा विभिन्न गतिबिधिसमेत बढ्दै जाँदा लोकतन्त्र नै धरापमा पर्ने जोखिमसमेत बढ्दै गएको छ। अस्थीर राजनीतिलाई स्थीरता दिन र मुलुकलाई निकाश दिन भन्दै गठीत मुलुकका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान गठबन्धन सरकारले पनि जनतामा सोचेअनुसारको नतिजा र सन्तुष्टि दिन नसक्दा थप आक्रोश बढिरहेको छ।

    प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई स्थीरता दिन र लोकतन्त्र तथा संविधान बचाउन अहिलेको सरकार प्रतिवद्ध रहेको बताउनुहुन्छ। उहाँले संविधान र व्यवस्था मास्न विरोधीहरु सलबलाएको र उनिहरुलाई असफल पार्न सरकार सक्षम रहेको बताउनुहुन्छ।

    राजाको सबै अधिकार जनताले प्राप्त गरेको दिनलाई महत्वपूर्ण उत्सवका रुपमा लिनुपर्ने र लोकतन्त्रको रक्षाका लागी सबै जिम्मेवार बन्नुपर्ने नेपाली कांग्रेसको धारणा छ। नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले लोकतन्त्र स्थापनाको यतिका वर्ष हुँदा पनि सोचेअनुसारको उन्नती र प्रगति हुन नसक्दा जनमानसमा असन्तुष्टि बढेको धारणा व्यक्त गर्दै मुलुक,लोकतन्त्र र संविधानको रक्षाका लागी सबै एकजुट बनेर देशलाई निकास दिनुपर्ने उहाँको भनाई छ।

    यस्तै जानकारहरुले लोकतन्त्र उन्नतसँगै कठीन व्यवस्था रहेकोले दलहरु जिम्मेवार बन्नुपर्नेमा त्यसो हुन नसकेको बताउँछन्। पूर्वराजदुत एवं राजनैतिक विश्लेषक विजयकान्त कर्णले अहिले कायम दल र नेताहरु लोकतन्त्रको मुल्य र मान्यताअनुसार अगाडी नबढेको बताउनुहुन्छ। तर यीनिहरुलाई जनताले लोकतन्त्रबाटै ठेगान लगाउने भएकाले यसको विकल्प नभै रक्षा गर्नुपर्नेमा जोड दिनुहुन्छ।

    सबैभन्दा उन्नत व्यवस्था लोकतन्त्र ल्याएको २० वर्षमै अहिले मु्लुकबाट हराएको चिन्तासमेत व्यक्त हुन थालेको छ।नागरिक समाजका अगुवा सुन्दरमणी दिक्षितले अहिले सबै दल र नेताहरुले गणतन्त्र गणतन्त्र भन्दै हिड्दा लोकतन्त्र ओझेलमा परेको गुनासो गर्नुहुन्छ। लोकतन्त्र रहेमात्रै गणतन्त्र रहने भएकोले यसको रक्षाका लागी सबै गम्भिर बन्नुपर्ने बताउनुहुन्छ ।

    मुलुक जहानियाँ शासनबाट मुक्त भई लोकतन्त्र स्थापनाको दुई दशकमा प्रवेश गर्दासम्म पनि जनताका अपेक्षा पूरा नहुँदा निरन्तर निराशा बढ्दो छ। सरकार आँफैले सुरुवातमा लोकतन्त्र दिवसमा सार्वजनिक विदा दिएर विशेष उत्सवका रूपमा मनाउने गरेपनि पछि गणतन्त्र दिवस विशेष रूपमा मनाउने अभ्यास सुरु गरेपछि अहिले लोकतन्त्र दिवस नै ओझेलमा पर्दै गएको छ।

    अर्कातिर पछिल्लो समय व्यवस्थाकै विरुद्धमा आवाज उठ्दै गर्दा पनि लोकतन्त्रभन्दा गणतन्त्र प्राथमिकता देखिन्छ। यसले लोकतन्त्र नै मासिने डर र चिन्ता थपेको जानकारहरुको गुनासो छ। तसर्थ लोकतन्त्रको रक्षाका लागी राज्यसँगै दल र नेताहरु जिम्मेवार बनि मुलुकमा बढ्दो असन्तुष्टि चिर्दै मुलुकलाई निकाश दिन जरुरी छ।


    बिहिवार, बैशाख ११ २०८२०८:२०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij