Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रचण्डको विवादित राजनीतिक प्रस्ताव पार्टी कार्यालयबाटै प्रकाशित, कडा प्रतिरोध गर्ने ओली पक्षको चेतावनी

प्रचण्डको विवादित राजनीतिक प्रस्ताव पार्टी कार्यालयबाटै प्रकाशित, कडा प्रतिरोध गर्ने ओली पक्षको चेतावनी

  • बुधवार, मंसिर १० २०७७

  • 1.4K
    SHARES

  • प्रचण्डको विवादित राजनीतिक प्रस्ताव पार्टी कार्यालयबाटै प्रकाशित, कडा प्रतिरोध गर्ने ओली पक्षको चेतावनी

    काठमाडौं । नेकपामा चरम विवादित राजनीतिक प्रस्ताव नै पार्टी कार्यालयबाट प्रकाशित भएको पाइएको छ ।
    पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेश गरेको र व्यापाक विवाद भइरहेको प्रस्ताव नै पार्टी कार्यालयबाट प्रकाशित भएको पाइएको हो ।

    नेकपाको सचिवालयको ७० औँ बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावको पुस्तीकालाई पार्टी एकता र पार्टी निर्माणका आधार नाम दिइएको छ ।

    पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले अराजनीतिक दस्तावेजको संज्ञा दिएर तत्काल फिर्ता लिन माग गरिरहेको प्रस्ताव पार्टी कार्यालयबाट प्रकाशित हुँदा थप विवाद बल्झीने देखिएको छ ।

    एउटा पक्षले स्विकार नै नगरेको, फिर्ता लिनु पर्ने सर्त राखिएको र बहुविवादित प्रस्तावलाई पार्टी कार्यालयबाट प्रकाशित गर्नु ठूलो गल्ती भएको ओली पक्षका नेता महेश बस्नेतको भनाई छ ।

    उहाँले नेपाली नेटवर्कसँग भन्नुभयो, अध्यक्ष प्रचण्डले फेरी अर्को गम्भीर गल्ती गर्नुभयो, यस्ले नयाँ समस्या सृजना गर्छ । उहाँले अध्यक्ष प्रचण्डले पार्टी भित्र अनेक विडण्डा मच्चाउने गरेको र नहुने नहुने काम गर्ने गरेको टिप्पणी गर्नुभयो ।

    विवादित र अस्विकार गरिएको दस्तावेज पार्टी कार्यालयबाट प्रकाशित गर्ने र त्यसैका आधारमा छलफल चलाउन थालियो भने कडा प्रतिरोध हुने चेतावनी पनि नेता बस्नेतले दिनुभयो ।


    बुधवार, मंसिर १० २०७७०९:१९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij