Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

चिनियाँ राजदूतले राजनीति गर्नुभएको हैन, धेरै टिकाटिप्पणी नगरौँ: देव गुरुङ

चिनियाँ राजदूतले राजनीति गर्नुभएको हैन, धेरै टिकाटिप्पणी नगरौँ: देव गुरुङ

  • बुधवार, आषाढ २४ २०७७

  • 1.3K
    SHARES

  • चिनियाँ राजदूतले राजनीति गर्नुभएको हैन, धेरै टिकाटिप्पणी नगरौँ: देव गुरुङ

    काठमाडौँ । सत्तारुढ नेकपाका प्रमुख सचेतक देव गुरुङले चिनियाँ राजदूत र नेताहरुको भेटघाटलाई लिएर चीनबिरुद्ध अनावश्यक टिकाटिप्पणी नगर्न चेतावनी दिनुभएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेकपाको आन्तरिक राजनीतिमा र नेपालको हित विपरित काम गरेको कुनै प्रमाण पेश गर्न चुनौती दिदै उहाँले चीनको भूमिकालाई गलत व्याख्या गरिएको दावी गर्नुभयो ।

    चिनियाँ राजदूत र नेकपाका नेताहरुका बीचमा भएको सामान्य भेटघाटको विषयलाई उचालेर विवादित बनाउन आवश्यक नभएको उहाँको भनाई छ । नेपाली रेडियो नेटवकसँग कुरागर्दै नेता गुरुङले चीनले नेपाल र नेकपाको आन्तरिक विषयमा कुनै किसिमका हस्तक्षेपकारी भूमिका नदेखाएकाले नेताहरुसँग भएको सामान्य भेटघाटलाई राजनीतिक विषय बनाएर पार्टीको बैठकमा छलफल गर्न पनि आवश्यक नभएको धारणा राख्नुभयो । उहाँले भारतले आफुलाई हटाउन खोजेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई पुष्टि गर्ने कुनै आधार पनि नभेटिएको बताउनुभयो ।

    गुरुङले भन्नुभयो, ‘चीनका राजदूत याङ्छीले नेपालको सरकार गठन र प्रधानमन्त्री परिवर्तन गर्ने कुरामा कुनै भूमिका खेलेको देखिदैन । सरकार गठनदेखि प्रधानन्त्री परिवर्तनका विषय पार्टीको अन्तरिक कुरा हो । यसमा चीनसँग छलफल गरेको छैन । नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरेकै छैन । भारतको विषयमा पनि पछाडी लागेर साध्य हुदैन । प्रधानमन्त्रीले भनेको कुरा पनि प्रमाणका रुपमा देखिदैन ।’

    उहाँले अहिले नेकपा पार्टीभित्र झगडा नभएर छलफल भइरहेको भन्दै जिवन्त पार्टीमा छलफल हुँदा केहि ठूलो स्वरहरु ठूला आएका हुन र यसैलाई विवाद भन्न नमिल्ने तर्क गर्नुभयो ।
    नेताहरुबीचको छलफलबाटै सहमतिमा पुग्ने दावी गर्दै उहाँले दुई अध्यक्षले नमिलाएका विषय सचिवालयमा जाने, सचिवालयले मिलाउन नसकेका विषयहरु स्थायी कमिटीमा आउने र त्यहाँ पनि नमिले केन्द्रीय कमिटीमा पुगेर सहमति हुने बताउनुभयो ।

    गुरुङले प्रधानमन्त्रीमाथि उठेका प्रश्नहरुमा के गर्ने भन्ने कुरा पार्टीका कमिटीहरुले निर्णय गर्ने भएकाले कसैले पनि बाहिर अनावश्यक बोल्न नहुने र पार्टीको बैठकले गरेका निर्णय सवैले मान्नुपर्ने बताउनुभयो । अहिले दुई अध्यक्षबिच छलफल चलिरहेको र यो छलफलबाटै बैठकमा आउने प्रस्तावमाथि छलफल भएर निचोडमा पुग्ने भन्दै पार्टीका विषयलाई सडकबाट मिलाउन नसकिने दावी गर्नुभयो ।

     


    बुधवार, आषाढ २४ २०७७०८:४८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij