Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

  • शुक्रवार, चैत्र २९ २०८१

  • 446
    SHARES

  • दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

    काठमाडौं । प्रहरीले राजा फर्काउने भन्दै चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसा मच्चाएर फरार दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई काठमाडौं ल्याइएको छ । उनीहरूलाई भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजमा काठमाडौं ल्याइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार प्रसाईं र उनका अंगरक्षक खड्कालाई भद्रपुरबाट पक्राउ गरेर बुद्ध एयरको जहाजमार्फत् काठमाडौं ल्याइयो ।

    उनीहरू दुवैलाई राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । गत चैत १५ गते राजावादी समूहले काठमाडौंको तीनकुनेमा आयोजना गरेको आमसभा हिंसात्मक बन्दा दुईजनाले ज्यान गुमाएका थिए ।

    राजसंस्था पुनस्र्थापनाका लागि जनआन्दोलन परिचालन समितिले प्रसाईंलाई उक्त प्रदर्शनमा जनकमाण्डर बनाएर पठाएको थियो । चैत १४ गते निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेपछि प्रसाईं जोशिएका थिए ।

    भीडलाई उत्तेजित बनाएर प्रसाईं प्रहरीको सुुरक्षा घेरा तोडी भाग्न सफल भएका थिए । प्रसाईंको सचिवालयले उनलाई भारतको आसाम राज्यबाट बिहीबार राति पक्राउ गरिएको दाबी गरेको थियो प्रहरीले उनलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको जनाएको छ ।


    शुक्रवार, चैत्र २९ २०८१०१:२९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij