काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको झण्डै नौ महिना पुरा भएको छ। मुुलुकमा अस्थिर राजनीतिले आम जनमानसमा बढ्दो निराशा चिर्ने र देशलाई स्थायीत्व दिने भन्दै गत असारमा दुई ठुला दल कांग्रेस र एमालेबिचको सहमतीमा ओली नेतृत्वमा वर्तमान सरकार बनेको थियो।
तर झण्डै दूई तिहाइ नजिकको शक्तिसाली सरकारले पनि ९ महिना पार गर्दासमेत जनमानसमा असन्तुष्टि घट्नुको सट्टा झन्झन् चुलिँदै गएको देखिन्छ। जसको फस्वरुप अहिले दैनिक रुपमा सरकारभन्दा प्रधानमन्त्री ओलीविरुद्ध सामाजिक सञ्जालदेखी देश तथा विदेशका अधिकांश सार्वजनीक कार्यक्रममै नाराबाजी र विरोध प्रदर्शन देखिन थालेका छन्।
अर्कातिर अहिले हुँदै आएका सभा, जुलुस र प्रदर्शनमा पनि विपक्षी दलसँगै अन्य सर्वसाधरण पनि प्रधानमन्त्रीविरुद्ध नै आक्रोशित देखिन्छन्। त्यतिमात्रै नभएर यही आक्रोशको आडमा व्यवस्थाविरुद्ध उभिएका राप्रपासहितका केही दल र राजावादी समुहले आफ्नो सक्रियता बढाएका छन्।
जसको परिणामस्वरुप गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन हिसांत्मक एवं रक्तपातपूर्ण बन्दा २ जनाको ज्यान गयो भने सयौं घाइते भए, तोडफोड तथा आगजनीले अर्बौंको क्षति भयो। त्यसपछीका गतिवीधि प्रधानमन्त्रीविरुद्ध झनै नै प्रहारमा देखिन्छन्।
जसले विगतमा प्रधानमन्त्रीले नै गरेका केही गलत तथा संविधानविरोधी कदम जुन अहिले विर्सिदैं गएका घटना जस्तै संसद विघटनदेखी सपथ समारोहमा संविधान मिचेका घटनाले पुनः प्रसय पाउन थालेका छन्।
यसरी प्रधानमन्त्रीमाथी चौतर्फी विरोध र आक्रोश बढ्दै जाँदा पछिल्लोसमय ओली क्याविनेटकै केही मन्त्रीहरु नै सोचेअनुसार नतिजा दिन नसकेको भन्दै असन्तुष्ट देखीन्छन् भने सत्तारुढ मुख्य घटक नेपाली कांग्रेससहितका दलका केही नेताहरु समेत खुलेरै प्रधानमन्त्री र सरकारको विरोधमा देखिन्छन्। भने सच्चिनुपर्ने दबाब पनि बढाउन थालेका छन्।
यी घटनाक्रमले विपक्षीहरुलाई सरकारविरुद्ध उभिन थप मसला थपिँदै गएको देखिन्छ। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकार निर्माण हुँदा जसरी अप्राकृतिक रुपमा गठन भयो प्रधानमन्त्री पनि त्यसरी नै अहम लिएर हिँडेकोले आक्रोश बढेको बताउँछ।
विगतदेखी नै प्रधानमन्त्री गैरजिम्मेवार बनेको आरोप लगाउँदै माओवादी सांसद माधव सापकोटाले अहिले भैरहेका शिक्षक आन्दोलनसहितका विभिन्न प्रदर्शनमा वेवास्ता, कुलमान प्रकरण, त्रिविको भिसि खारेजी, गभर्नर नियुक्तीमा दबाब, भ्रष्ट्रचारी संरक्षणजस्ता कारणले अहिले आक्रोश बढेको बताउनुभयो।
अर्को विपक्षी एवं वर्तमान व्यवस्थाविरोधी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रधानमन्त्री तानाशाही बन्दै गएकोले जनआक्रोश बढेको आरोप लगाउँछ। राप्रपा सहमहामन्त्री शरदराज पाठकले ओली जनमुखी बन्नुको सट्टा तानाशाही र अहंकारी बन्दै गएको आरोप लगाउनु भयो। ओलीबाट जनता र मुलुकले पटकपटक दुख र धोका पाएकोले ओली सामाजिक सञ्जालदेखी मैदान जहाँ पुगेपनि अलोकप्रीय बन्दै गएको बताउनुभयो ।
यसरी प्रधानमन्त्रीमाथी चौतर्फी बढेको आक्रोशले सत्तारुढ नेपाली कांग्रेसकै नेताहरु पनि ओलीप्रति असन्तुष्ट देखिन्छन्। कांग्रेस सांसद एवं राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरी खतिवडाले सरकार बनेको ९ महिना वितिसक्दा पनि प्रतिवद्धताअनुसार र जनभावना अनुसार काम गर्न नसकेकोले असन्तुष्टि बढेको बताउनुहुन्छ। प्रधानमन्त्री स्वयं पनि त्यो असन्तुष्टि सम्बोधन गर्नुपर्नेमा उल्टै समाजमा पाच्य नहुने अभिव्यक्ति दिँदै जादा आक्रोश पनि बढेकोले अब प्रधानमन्त्री आँफै सच्चिनुपर्ने बताउनुहुन्छ ।
स्वं प्रधानमन्त्रीकै दल नेकपा एमालेभित्र पनि यसतर्फ गम्भिर रुपले सोच्नुपर्ने केही नेताहरुले बताउने गरेका छन्। तर एमाले प्रमुख सचेतक महेश वर्तौला भने सामाजिक सञ्जालको दुरुपयोग गरेर केही शक्तिहरु सरकार र एमालेविरुद्ध नियोजित रुपले लागेको दाबी गर्नुहुन्छ। इसमा केही व्यक्तिहरुभन्दा पूर्वप्रधानमन्त्रीहरु नै एमालेमा हिलो छ्यापेर आँफुले पाइदा लिने उदेश्यले लागेको बताउनुहुन्छ।
यता राजनैतीक विष्लेशक एवं जानकारहरु भने ओलीका विगतदेखीकै अहमता र गलत कदमले सिमा नाध्दै जान थालेपछी र डेलिभरी नपाएपछी जनआक्रोश बढ्दै गएको बताउँछन्। राजनैतिक विश्लेषक एवं इतिहासविद् गोविन्दमान्सिंह कार्कीले ओलीले देशलाई समृद्धि सुशासन दिनेभन्दा भ्रष्ट्राचारमा प्रसय दिने मुलुकलाई ऋणको भारी बोकाउने तथा विगतमा ग्यास पाइप, रेल, पानिजहाज ल्याउनेजस्ता असम्भव कुरा गर्दै आएको र अहिले पुरा नहुँदा आक्रोश बढेको बताउनुभयो ।
यस्तै उहाँले विगतदेखी नै ओलीले पटकपटक संविधान कुल्चिनेसम्मका दर्जनौं अलोकतान्त्रीक कदम चालेकोले अहिले आक्रोश मात्रै नभएर गणतन्त्र नै संकटमा पर्ने जोखिम बढेको बताउनुभयो ।
मुलकको प्रधानमन्त्रीविरुद्ध यसरी चौतर्फी आक्रोश र आलोचना बढ्दै जानु र असन्तुष्टी चुलिनु गम्भिर विषय हो । यसमा प्रधानमन्त्री आँफै सच्चिनु र आत्मआलोचना गर्न जरुरी छ। अन्यथा असन्तुष्टि चुलिँदै जाँदा यसले स्वयं प्रधानमन्त्री ओलीलाई मात्रै नभएर सिंगो देशलाई नै असर पार्न सक्छ भने, यही असन्तुष्टिका बलमा सलबलाएका व्यवस्थाविरोधी शक्तिलाई थप बल पुग्दा देश अर्को संकटको भुमरी फस्न सक्छ।।