Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

महिला संघमा चरम विवाद, महिला संघका २० केन्द्रीय सदस्यद्वारा सामुहिक राजीनामाको चेतावनी

महिला संघमा चरम विवाद, महिला संघका २० केन्द्रीय सदस्यद्वारा सामुहिक राजीनामाको चेतावनी

  • सोमवार, चैत्र २५ २०८१

  • 519
    SHARES

  • महिला संघमा चरम विवाद, महिला संघका २० केन्द्रीय सदस्यद्वारा सामुहिक राजीनामाको चेतावनी

    काठमाडौँ । नेपाल महिला संघकी अध्यक्ष उषा राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संघका २० जना केन्द्रीय सदस्यहरूले नेपाली कांग्रेसका सभापतिलाई ज्ञापन–पत्र बुझाएका छन्।

    संघको विधानविपरीत र अलोकतान्त्रिक ढंगबाट काम भइरहेको गुनासो गर्दै उनीहरूले पारदर्शी र विधिसम्मत ढंगले अधिवेशन गराउन माग गरेका छन्।

    ज्ञापन–पत्रमा अध्यक्ष राउतले कुनै बैठक नगरी एकलौटी निर्णय लिँदै आएको आरोप लगाइएको छ। “संघको हित विपरित गतिविधि भइरहेकाले संगठनको आन्तरिक जीवनमा प्रतिकूल असर परेको छ,” ज्ञापन–पत्रमा उल्लेख छ।

    उनीहरूले पर्सा, बारा, सिरहा, रौतहट, महोत्तरी, सर्लाही, झापा, ताप्लेजुङ, कास्की, बाग्लुङ, हुम्लालगायत ११ जिल्लाका निर्वाचित अध्यक्षहरूलाई अवैधानिक रूपमा हटाइएको दाबी गरेका छन्।

    त्यस्तै, सर्लाहीमा क्रियाशील सदस्य मनोमानी ढंगले पठाइएको, दोलखामा कार्यरत अध्यक्षले जवरजस्ती अर्का व्यक्तिलाई संयोजक बनाइएकोजस्ता गतिविधि प्रति पनि उनीहरुले आपत्ति जनाएका छन् ।

    नेपाली कांग्रेसले संघको अधिवेशन समयमै गर्न निर्देशन दिएपनि त्यसको अवज्ञा भएको, निर्देशन समितिमा रहेका वरिष्ठ नेताहरूले समेत सहजीकरण गर्न नसकेको उल्लेख गर्दै उनीहरूले पार्टी सभापतिलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्। “यदि अध्यक्षले यस्तै एकलौटी तरिकाले नाटकीय अधिवेशन गर्ने प्रयास गरे हामी उक्त निर्णय मान्दैनौं,” ज्ञापन–पत्रमा भनिएको छ, “पार्टीले मागअनुसार कदम चालेन भने हामी सामूहिक राजीनामा दिन बाध्य हुनेछौं।”

    केन्द्रीय सदस्यहरु चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रन्जिता गिरी, डा. सिता घिमिरे, तारा थपलिया, सुस्मा तिवारी, लक्ष्मी बाराकोटी, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, गिता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सनिशा भेटवाल, र पार्वती आचार्यले हस्ताक्षर गरेको ज्ञापन–पत्रको बोधार्थ कांग्रेसका उपसभापतिद्वय, महामन्त्रीद्वय, सहमहामन्त्री, महिला विभाग र महिला संघ निर्देशन समितिलाई समेत पठाइएको छ।


    सोमवार, चैत्र २५ २०८१०५:५३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij