Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

  • सोमवार, चैत्र २५ २०८१

  • 543
    SHARES

  • रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशलगत्तै शुक्रवार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई प्रक्रिया पूरा गर्नका लागि आज अदालतमा उपस्थित गराउन लागिएको हो।

    प्रक्रिया पूरा भएपछि उनलाई आजै थुनामा पठाइने छ । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा भएकाले आज मात्रै उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो । प्रक्रिया पूरा भएपछि थुनामा पठाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरले जानकारी दिनुभयो ।

    रास्वपा स्रोतका अनुसार आज वा भोलिमै उच्चको आदेशविरुद्ध सर्वोच्च जाने तयारी रवि पक्षका वकिलहरुले गरेका छन् । काठमाडौंबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा लगिएको थियो ।

     


    सोमवार, चैत्र २५ २०८१०९:४४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij