Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

“गणतन्त्र रक्षाका लागी हामी प्रतिवद्ध छौं”

“गणतन्त्र रक्षाका लागी हामी प्रतिवद्ध छौं”

  • सोमवार, चैत्र २५ २०८१

  • 650
    SHARES

  • “गणतन्त्र रक्षाका लागी हामी प्रतिवद्ध छौं”

    काठमाडौं। नेपाली कांग्रेसले गणतन्त्र रक्षाका लागी सरकार प्रतिवद्ध रहेको दाबी गरेको छ। कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले गणतन्त्रको रक्षाका लागी नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको वर्तमान सरकार दृढ रहेको दाबी गर्नुभएको हो।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा उहाँले गणतन्त्रको रक्षाका लागी नै कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपरेको बताउनुभयो । उहाँले देशमा अस्थिरता र संकट बढ्दै जान थालेपछी देशलाई निकास दिन लोकतन्त्रका पक्षधरहरु एकतावद्ध हुन वाध्य बनेको जिकिर गर्नुभयो ।

    पछिल्लो समय दल र सरकारप्रति केही असन्तुष्टि बढेको भएपनि यही मौका छोपेर जनताविरोधीहरु सक्रिय बनेको भन्दै उहाँले ती व्यवस्थाविरोधीहरुले चाहँदैमा गणतन्त्र अन्त्य नहुने र गणतन्त्रको विकल्प अन्य कुनै तन्त्र नै नरहेको दाबी गर्नुभयो।

    जनताले आँफै ठुलो त्याग र बलिदानीबाट ल्याएको गणतन्त्रको विकल्प नखोजे पनि केही स्वार्थकेन्द्रित समुह भ्रम लिएर राजा राजा भन्दै हिँडे पनि जनताले त्यसमा साथ नदिने दाबी गर्नुभयो । उहाँले तीनकुने घटनाका विषयमा निष्पक्ष छानबिन हुने उहाँको भनाई छ।

     

     


    सोमवार, चैत्र २५ २०८१०७:३०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij