Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज तीनवटा समितिको बैठक बस्दै

आज तीनवटा समितिको बैठक बस्दै

  • सोमवार, चैत्र २५ २०८१

  • 602
    SHARES

  • आज तीनवटा समितिको बैठक बस्दै
    काठमाडौं। आज संघीय संसदका तीनवटा समितिको बैठक बस्ने भएको छ। कानून, न्याय तथा मानवअधिकार समिति, अर्थ समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।
     
    कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ। बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानवअधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ।
     
    यस्तै, अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने तयारी छ ।
     
    यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।
     


    सोमवार, चैत्र २५ २०८१०६:३७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij