Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दिगो खानेपानीका लागि ठोस पाइला चालिने खानेपानि मन्त्री यादवको प्रतिवद्धता

दिगो खानेपानीका लागि ठोस पाइला चालिने खानेपानि मन्त्री यादवको प्रतिवद्धता

  • शुक्रवार, चैत्र २२ २०८१

  • 381
    SHARES

  • दिगो खानेपानीका लागि ठोस पाइला चालिने खानेपानि मन्त्री यादवको प्रतिवद्धता

    काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले एकीकृत र दिगो खानेपानी योजनाहरूको विकास र कार्यान्वयन गर्ने दिशामा ठोस पाइला चालिने बताउनुभएको छ । उहाँले तराई–मधेश लगायत देशका अन्य क्षेत्रहरूमा दिगो र भरपर्दो खानेपानी व्यवस्थापन सुनिश्चित गर्नका लागि ठोस पाइला चालिने बताउनुभएको हो ।

    आज तराई–मधेश लगायत देशका अन्य क्षेत्रहरूमा दीर्घकालीन खानेपानीको व्यवस्थापनका लागि खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच शुक्रबार भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले दिगो खानेपानी योजनाहरूको विकास र कार्यान्वयन ठोस पाइला चालिने बताउनुभयो ।

    उहाँले तराई–मधेश लगायत देशका अन्य क्षेत्रहरूमा दिगो र भरपर्दो खानेपानी व्यवस्थापन सुनिश्चित गर्नका निम्ति सरकारका दुई महत्वपूर्ण मन्त्रालयहरू खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच पारस्परिक समझदारी पत्रमा हस्ताक्षर गरी औपचारिक रूपमा आदान–प्रदान गरिएको कुरा आफैंमा निकै खुशीको विषय भएको बताउनुभयो ।

    समझदारी पत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठ तथा जलस्रोत तथा सिँचाइ विभागका तर्फबाट महानिर्देशक सञ्जीव बरालले पनि हस्ताक्षर गर्नुभएको छ ।

     


    शुक्रवार, चैत्र २२ २०८१०५:२२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij