Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बक्यौता उठाएकै कारण पदबाट हटाइएको कुलमानको प्रस्टीकरण

बक्यौता उठाएकै कारण पदबाट हटाइएको कुलमानको प्रस्टीकरण

  • शुक्रवार, चैत्र २२ २०८१

  • 484
    SHARES

  • बक्यौता उठाएकै कारण पदबाट हटाइएको कुलमानको प्रस्टीकरण

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् महसुल बक्यौता उठाएकै कारण आफूलाई सरकारले पदबाट हटाएको प्रस्टीकरण दिनुभएको छ ।

    आज पत्रकार सम्मेलन गर्दै घिसिङले आफूले विद्युत् महसुल बक्यौता अदालतको आदेशअनुसार उठाएको तर सरकारले बक्यौता उठाएकै कारण आफूलाई हटाएको बताउनुभएको हो । उहाँले आफूले बक्यौता नउठाउन आएको दबाब र प्रभावलाई आफूले अस्वीकार गरेको पनि बताउनुभयो ।

    बक्यौता उठाउने आफ्नो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको बताउँदै उहाँले सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्नु राज्यविरुद्धको अपराध हो ? भन्दै प्रश्न समेत गर्नुभयो । संस्था र राष्ट्रप्रति घात गर्न आफूले नसकेको भन्दै कानुनअनुसार नै आफूले काम गर्दा समेत दबाब र प्रभाव थेग्नुपरेको घिसिङको आरोप छ ।


    शुक्रवार, चैत्र २२ २०८१०२:१०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij