Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

औपचारिक भ्रमणका लागी प्रधानमन्त्री थाइल्याण्डमा,विभिन्न ८वटा सम्झौता,बिमस्टेकमा जलवायू परिवर्तनको विषय उठाउन सुझाव(खासखबर)

औपचारिक भ्रमणका लागी प्रधानमन्त्री थाइल्याण्डमा,विभिन्न ८वटा सम्झौता,बिमस्टेकमा जलवायू परिवर्तनको विषय उठाउन सुझाव(खासखबर)

  • बुधवार, चैत्र २० २०८१

  • 755
    SHARES

  • औपचारिक भ्रमणका लागी प्रधानमन्त्री थाइल्याण्डमा,विभिन्न ८वटा सम्झौता,बिमस्टेकमा जलवायू परिवर्तनको विषय उठाउन सुझाव(खासखबर)
    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमणमा हुनुहुन्छ। सन् १९५९ नोभेम्बर ३०मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि प्रधानमन्त्री ओलीको यो भ्रमण नै नेपाली राष्ट्रप्रमुखका तर्फबाट भएको पहिलो भ्रमण हो।
     
    पछिल्लोसमय विश्वकै उत्कृट पर्यटन गन्तव्यका रुपमा स्थापित थाइल्याण्डको राजधानी बैङ्ककमा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनका सन्दर्भमा समकक्षी फेथोङथान सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली हिजो थाइल्याण्ड प्रस्थान गर्नुभएको हो। 
     
    छोटो समयमा विश्वभरबाटै उच्च संख्यामा पर्यटक आकर्षीत गर्न सफल तथा पूर्वी मुलुकहरुको ट्रान्जीट प्वाइन्ट बनेको थाइल्याण्डमा ६५ वर्षको कूटनीतिक इतिहासमै पहिलोपटक नेपाली प्रधानमन्त्रीले गरेको यो भ्रमणलाई विषेश चासोका साथ हेरिएको छ। भने भ्रमणबाट नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा महत्वपूर्ण सहमती र सम्झौता हुने अपेक्षा पनि गरिएको छ।
     
    यस्तै प्रधानमन्त्री ओलीले बिमस्टेकको छैटौं शिखर सम्मेलनमा नेपालका मुद्दाहरु प्राथमीकताका साथ उठाउने र विश्वको ध्यानाकर्षण गराउने विश्वाससमेत व्यक्त गरिएको छ, भने प्रधानमन्त्रीको पनि सोही तयारी रहेको बुझिन्छ। मुलतः जलवायु परिवर्तनले पारेको प्रभाव, असर, क्षति लगाएतमा ध्यानाकर्षण गराउने र क्षतिपूर्तिका लागी दवाव दिन महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिईएको छ। 
     
    यता सरकारले पनि प्रधानमन्त्रीको यो भ्रमण र विमस्टेक सम्मेलन नेपालको हितका लागी भरपुर सदुपयोग गर्ने र सोही अनुसारका विभिन्न सहमती र सम्झौताहरु हुने बताएको छ। सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले विमस्टेक सम्मेलनमा प्रधानमन्त्रीले राष्ट्रहित प्रवद्र्धनसँग जोडिएका विषय प्राथमिकतामा राख्ने र सोही अनुसारका अन्य विभिन्न सहमती र सम्झौता गर्ने बताउनुभयो। 
     
    यस्तै सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवत्ता एवं पूर्वमन्त्री डा.प्रकाशसरण महतले प्रधानमन्त्री ओलीको भ्रमणले दुईदेशका बिचमा अहिलेको सुमधुर सम्बन्धमा थप टेवा पुग्ने विश्वास लिइएको बताउनुभयो। 
     
    यता प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बिमस्टेक सम्मेलनमा प्रधानमन्त्रीले जलवायु परिवर्तनको असरलाई प्राथमिकतामा राख्न सुझाव दिएको छ। माओवादी केन्द्रका सचिव पूर्वमन्त्री दिनानाथ शर्माले विकसित देशहरुका कारण बढ्दो जलवायु परिवर्तनको मारमा नेपाल परेको भन्दै यस विषयलाई प्रधानमन्त्रीले प्राथमिकता दिएर क्षतिपूर्तिका लागी दबाब दिन सक्नुपर्ने बताउनुभयो।
     
    यता जानकारहरु पनि प्रधानमन्त्रीको भ्रमणले दुई देशबिचको सम्बन्धसँगै बहुपक्षीय हितका विषयमा महत्वपूर्ण कडीका रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन्। राजनैतिक विश्लेषक तथा कुटनितिज्ञ प्रोफेसर डा.लोकराज बरालले पछिल्लोसमय ट्रान्जीट पोइन्ट बनेको थाइल्याण्डमा नेपालीको र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनिमा थाई नागरिकको आकर्षण बढ्दो रहेकोले यसमा पनि थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। 
     
    थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन हिजो बैङ्कक प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली आगामी २३ गतेसम्म बैङककमा रहनुहुनेछ। यही बिचमा छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता हुने तय भएको छ। 
     
    भ्रमणअन्तर्गत आज प्रधानमन्त्री ओली र समकक्षी शिनावात्राबिचको भेटवार्तामा संस्कृति, पर्यटन सहकार्य तथा गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न ८ वटा सहमतिपत्र आदानप्रदान गरी संयुक्त पत्रकार सम्मेलनमार्फत सम्बोधन गर्दै भ्रमणले दुई देशबिच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास पनि व्यक्त गर्नुभयो। 
     
    खासगरी हरेकपटक हुने उच्चस्तरीय भ्रमणमा महत्वाकांक्षी बढी तर प्रतिफल कम हुँदा आलोचना बढ्ने गरेको छ। तसर्थ यसपटक प्रधानमन्त्रीको भ्रमण र विमस्टेक सम्मेलनको सहभागीता परिणाममुखी होस् अनि प्रस्तुति अन्तराष्ट्रिय जगतमा जलवायु परिवर्तनले नेपालमा पारेको प्रभावप्रति ध्यानाकर्षण गर्न सफल रहोस्। प्रधानमन्त्रीको भ्रमण सफलताको शुभकामना।

     


    बुधवार, चैत्र २० २०८१०८:२८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij