Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देश र जनताको पक्षमा रेडियो नेपालले काम गर्नुपर्ने सञ्चारमन्त्री गुरुङको जोड

देश र जनताको पक्षमा रेडियो नेपालले काम गर्नुपर्ने सञ्चारमन्त्री गुरुङको जोड

  • बुधवार, चैत्र २० २०८१

  • 428
    SHARES

  • देश र जनताको पक्षमा रेडियो नेपालले काम गर्नुपर्ने सञ्चारमन्त्री गुरुङको जोड

    काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ताको नभई देश र जनताको पक्षमा रेडियो नेपालले काम गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँमा सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतको रेडियो नेपालको ७५औँ हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले ‘पिएसबी मोडल’मा सञ्चालन भएको रेडियो नेपालले सत्ताभन्दा देश र जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।

    रेडियो नेपालले अब कुनै पनि राजनीतिक नेता तथा पार्टीको गुणगान गाउन आवश्यक नभएको उल्लेख गर्दै उहाँले सत्यतथ्य र आधिकारिक सूचना सम्प्रेषण गरी आमजनतालाई सुसूचित गर्न निर्देशन दिनुभयो ।

    सञ्चारमन्त्री गुरुङले मुलुकभित्रको विविधतामा एकता खोजी समावेशी चरित्रको भूमिका निर्वाह गर्दै देशका सबै वर्ग, क्षेत्र र पक्षले अपनत्व गर्ने सञ्चार गृहका रूपमा रेडियो नेपाल स्थापित हुनुपर्नेमा जोड दिनुभयो । सार्वजनिक सेवा प्रसारण नेपाल ‘पिएसबी’ का कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले रेडियो नेपालको पहुँच विस्तार कार्य तीव्र बनाउनुका साथै जनताले पाउनुपर्ने सत्यतथ्य सूचनाको हकलाई प्रत्याभूति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    समयको माग र सूचनाप्रविधिको विकाससँगै रेडियो नेपालको कार्यशैलीमा परिवर्तन गरेको जानकारी दिँदै कार्यकारी अध्यक्ष डा विष्टले सङ्घीय समावेशी अवधारणालाई आत्मसाथ गरी मुलुकका सबै पक्षको अपनत्व हुनेगरी सेवा प्रवाह गरिरहेको बताउनुभयो ।


    बुधवार, चैत्र २० २०८१०४:२६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij