Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

लुम्बिनीमा सिधा हवाई उडानका लागि थाइल्याण्ड सकारात्मक

लुम्बिनीमा सिधा हवाई उडानका लागि थाइल्याण्ड सकारात्मक

  • बुधवार, चैत्र २० २०८१

  • 412
    SHARES

  • लुम्बिनीमा सिधा हवाई उडानका लागि थाइल्याण्ड सकारात्मक

    काठमाडौं । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले नेपालमा हवाई र पर्यटनका क्षेत्रमा आफ्नो देशका तर्फबाट लगानी र सहभागिता वृद्धि हुने बताउनुभएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग थाइल्याण्डको औपचारिक पहिलो भ्रमणका क्रममा आज दुईपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले काठमाडौँमा थाइ एयरलायन्सको उडान सङ्ख्या वृद्धि गर्न र लुम्बिनीमा सिधा हवाई उडानका लागि थाइल्याण्ड सकारात्मक रहेको बताउनुभयो ।

    उहाँले नेपालमा ऊर्जा, होटेल, हवाइजस्ता पर्यटन क्षेत्रमा थाइल्याण्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री शिनावात्राले कूटनीतिक सम्बन्ध बिस्तार भएको ६५ वर्षपछि नेपालका प्रधानमन्त्रीबाट भएको पहिलो भ्रमण ऐतिहासिक रहेको उल्लेख गर्दै दुई देशबीचको ‘कनेक्टिभिटी’ र व्यापारिक साझेदारी बढाउने विषयमा पनि आफूहरुबीच छलफल भएको बताउनुभयो ।


    बुधवार, चैत्र २० २०८१०३:५०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij