Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तीनकुने घटनावारे प्रहरीद्वारा सर्वसाधारणसँग सूचना र विवरण माग

तीनकुने घटनावारे प्रहरीद्वारा सर्वसाधारणसँग सूचना र विवरण माग

  • आइतवार, चैत्र १७ २०८१

  • 469
    SHARES

  • तीनकुने घटनावारे प्रहरीद्वारा सर्वसाधारणसँग सूचना र विवरण माग

    काठमाडौं । राजावादीका नाममा गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा ताण्डव मच्चाउनेहरूबारे नेपाल प्रहरीले सर्वसाधारणसँग सूचना र विवरण मागेको छ । काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी लगायतका क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, सरकारी कार्यालय, भाटभटेनीसहितका व्यापारिक केन्द्रमा गरिएको उपद्रोमा संलग्नको विवरण प्रहरीले मागेको हो ।

    निजी तथा सरकारी सवारी साधनहरूमा तोडफोड, आगजनी, लुटपाट एवम् अरू गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूबारे अनुसन्धानको प्रमाण संकलनका लागि प्रहरीले सहयोग मागेको हो ।

    शुक्रबार मच्चाइएको उपद्रोमा संलग्नमध्ये शनिबारसम्म १११ जना पक्राउ परिसकेका छन् । प्रहरीले भाटभटेनी लुटमा संलग्न महिलासहित सात जनालाई पक्राउ गरिएको छ ।


    आइतवार, चैत्र १७ २०८१०३:०१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij