Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राजावादी आन्दोलनमा सहभागी १११ जना पक्राउ, दुर्गा प्रसाईं अझैं फरार

राजावादी आन्दोलनमा सहभागी १११ जना पक्राउ, दुर्गा प्रसाईं अझैं फरार

  • शनिवार, चैत्र १६ २०८१

  • 392
    SHARES

  • राजावादी आन्दोलनमा सहभागी १११ जना पक्राउ, दुर्गा प्रसाईं अझैं फरार

    काठमाडौं । शुक्रबार भएका राजावादी आन्दोलनमा सहभागी १११ जना पक्राउ परेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल, धर्मगुरु पुष्कर खतिवडासहित १११ जना पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईं फरार छन् । अहिलेसम्म पक्राउको संख्या १११ जना पुगेको छ । पक्राउमाथि अनुसन्धान थालिएको एसपी बोहोराले बताउनुभयो ।

    प्रसाईंको खोजीकार्य जारी रहेको प्रहरीे जनाएको छ । प्रहरीका अनुसार प्रसाइँको अन्तिम लोकेशन भैँसेपाटी खुलेको थियो । तर, आज बिहान त्यहाँबाट पनि उनी अन्यत्र भागेको प्रहरीको अनुमान छ । शनिबार बिहान प्रसाईंले धर्मगुरु खतिवडाको घरमा फलफुल खाएर निस्किएका थिए ।

    बालाजु क्षेत्रबाट दुर्गा प्रसाईं निकट रोयल टास्क फोर्स (आरटीएफ) समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रसाईंको नेतृत्वमा भएको आन्दोलनमा तोडफोड, आगजनी र हत्या समेत भएको भन्दै प्रहरीले पक्राउ गर्र्दै अनुसन्धान थालेको छ । पक्राउ पर्नेहरुको प्रकृति हेरेर मुद्धा चलाउने प्रहरीको तयारी रहेको उहाँले बताउनुभयो ।


    शनिवार, चैत्र १६ २०८१०३:३८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij