काठमाडौं। आज दिनभर काठमाडौं तनावग्रस्त रह्यो। राजावादी र गणतन्त्रवादी समुहले आज काठमाडौंमा आयोजना गरेको प्रदर्शनमध्ये राजावादीहरुको आन्दोलन उग्र र हिंसात्मक बनेपछि स्थीति तनाबग्रस्त र रक्तपातपूर्ण मात्रै बनेन सिंगो देश नै त्रसित र तरङ्गीत बन्न पुगेको छ।
तीनकुनेमा आयोजीत राजावादी समुहको प्रदर्शन एकाएक उग्र भएपछी प्रहरीसँग झडपकै स्थीतिमा पुग्यो जसकारण समाचार संकलनमा खटिका पत्रकारसहित २ जनाले ज्यान गुमाउनुपर्यो भने करिब ३ दर्जन बढी घाइते भए, सँगै आगजनी र तोडफोडले ठुलो धनजनको क्षति भयो।
प्रदर्शनकारीले निषेधीत क्षेत्र तोड्न थालेपछी रोक्न खोजेको प्रहरीमाथी नै आक्रमण सुरु भएपछी नियन्त्रण बाहिर पुगेको स्थीति नीजि तथा सार्वजनीक सम्पत्ति, सञ्चार गृह, राजनैतिक दलका कार्यलय, सवारीसाधन, जडिबुटि उद्योग,दमकल लगाएतमा आगजनी र प्रहरीमाथी आक्रमणमा पुग्यो । जसको परिणामस्वरुप पत्रकार सुरेश रजकसहित २ जनाले ज्यान गुमाए भने ३ दर्जन बढी घाइते भए ।
अझै पूर्णरुपमा अवस्था सामान्य नहुँदा सो क्षेत्रमा अहिले कर्फ्यु नै जारी गरिएको छ। उक्त प्रदर्शनको नेतृत्वकर्ता दुर्गा प्रसाई स्वयं प्रहरीको घेरामाथी नै गाडी चलाएर कुदेपछी उग्र बनेको सो समुह अझै पनि काठमाडौंका विभिन्न स्थानमा हिंसात्मक गतिबीधिमा रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आह्वान गर्दै काठमाडौंमा ठुलो मात्रामा प्रहरी परिचालन गरेको छ।
यता आज एकैदिन दुईदुई वटा शक्ति प्रदर्शनको अनुमति दिने सरकार सुरक्षा व्यस्थामा भने चुक्न पुग्यो । प्रदर्शनका क्रममा भएको अराजकता नियोजित रहेको प्रहरीले ठहर गरेको छ। नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता दिनेशकुमार आचार्यले प्रहरीले यो सुनियोजीत रहेकोले अनुसन्धान थालिएको र दोषीलाई कानुनी दायरामा ल्याउने तयारीस्वरुप प्रक्रिया थालिएको बताउनुभयो।
यता गृहमन्त्रालयले पनि शान्तिपूर्ण प्रदर्शन गर्ने नाममा हिंसात्मक र अराजक तथा गैरकानुनी कार्य भएको भन्दै यस घटनामा आयोजक नै जिम्मेवार रहेको बताएको छ। गृहमन्त्रालयका सहसचिव छवी रिजालले आज पत्रकार सम्मेलनमार्फत हिंसात्मक गतिविधीसँगै सञ्चार गृह, दलका कार्यालय, नीजि तथा सार्वजनिक सम्पक्तिमा क्षति पुराउने आयोजक नै पूर्ण जिम्मेवार रहेको र सम्बन्धीत व्यक्तिलाई कानुनी दायरामा ल्याउने बताउनुभयो।
यता जानकारहरु भने पूर्वतयारीमा चुक्दा नै आजको परिस्थीति सृजना भएको बताउँछन् । राजनैतिक विष्लेशक मुमाराम खनालले आज सृजित परिस्थीति दुखद रहेको र यसमा राज्य र पदर्शनकारी दुबै पक्ष जवाफदेही हुनुपर्ने बताउनुभयो। यद्यपी शान्तिपूर्ण आन्दोनका नाममा गरिएको हिंसात्मक प्रदर्शन र जनधनको ठुलो क्षतिको क्षतिपूर्तीमा प्रदर्शनको आयोजकले जिम्मेवारी लिनुपर्ने बताउनु भयो ।
यस्तै उहाँले आजको परिस्थीति किन उत्पन्न भयो, यसका दोषी को हुन्? आम जनमानसमा किन असन्तुष्टि बढ्यो? भन्ने कुरामा सोच्न ढिला भएको बताउनुभयो। आज दलतन्त्र र नेतातन्त्रले देशमा अधिनायकबाद चलाउँदा नै आजको स्थीति आएको उहाँको बताउनुभयो। खनालले यसको दोषी मुख्य प्रधानमन्त्री केपी शर्मा ओली,पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड रहेको र उनिहरुकै कारण गणतन्त्र नै धरापमा परेको बताउनुभयो।
व्यवस्थाविरोधी गतिवीधिले आज जुन अवस्था सृजना भयो यो अत्यन्तै दुखद छ। दलहरुमा बढ्दो निहित स्वार्थ र सत्ता लिप्साका कारण देश अस्थिरताको दलदलमा फस्दा उत्पन्न असन्तुष्टिले नै आजको परिस्थीति सृजना भएको हो। यसतर्फ हाल कायम गणतन्त्रवादी दलहरुले समिक्षा गर्न चुकिसकेको देखिन्छ ।
तसर्थ यसतर्फ गम्भिर रुपले मनन गरि हाल कायम गणतन्त्रवादी दल र नेताहरुले मनन र समिक्षा गर्न ढिला भैसकेको छ । अझैपनि यी दल र नेतृत्व तह नसुध्रिएर जिम्मेवार नबने वर्तमान व्यवस्था गणतन्त्र जोगाउन सकस देखिएको छ। आजको घटनामा ज्यान गुमाएका पत्रकार रजकसहित मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली एवं घाइतेहरुमा स्वास्थ्य लाभको कामना ।।