काठमाडौं। काठमाडौंको तीनकुनेसहित विभिन्न तीन स्थानमा कफ्र्यू जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर राति १० बजेसम्म कफ्र्यु जारी गरेको जानकारी दिएको छ ।
कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कफ्र्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सुरक्षाकर्मी माइकिङ गरिरहेका छन्। अर्काे आदेश हुँदासम्म कफ्र्यू जारी रहनेछ ।
नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन् ।
