काठमाडौँ । काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालत पुग्नुभएको छ ।
उहाँले गैरकानुनी रुपमा आफूलाई हटाइएको भन्दै पुनस्र्थापनाको माग गर्दै रिट निवेदन पेस गर्नुभएको हो ।
सर्वोच्चका सहरजिस्ट्रार अच्युत कुइँकेलले रिट आएको जानकारी दिदैं सर्वोच्चमा रिट आएको हेर्न नभ्याइएको बताउनुभयो । कुलमानले पेश गरेको रिटमाथी भोलि मात्रै थप अध्ययन गरेर प्रक्रिया अघि बढ्ने सहरजिस्ट्रार कुइँकेलले बताउनुभयो ।
घिसिङलाई सोमबार साँझ बसेको मन्त्री परिषदको बैठकले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको थियो, भने मंगलबार मात्रै पदवाट वर्खास्तको पत्र पठाएको थियो । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा सोमबारको मन्त्रीपरिषदको बैठकले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।