Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कुलमान हटाउने सरकारको निर्णय सार्वजनिक

कुलमान हटाउने सरकारको निर्णय सार्वजनिक

  • मंगलवार, चैत्र १२ २०८१

  • 466
    SHARES

  • कुलमान हटाउने सरकारको निर्णय सार्वजनिक

    काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेकोमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा जानकारी गराउनुभएको हो ।

    यसअघि सोमबारको बैठकपछि भने गुरुङले कुलमानबारे निर्णय भएको आफूलाई जानकारी नभएको दाबी गर्नुभएको थियो । तर, अन्य मन्त्रीहरूले सोमबार नै कुलमान हटाएको सूचना सञ्चारमाध्यमलाई दिएका थिए ।

    सरकारले कुलमानलाई हटाउने निर्णय गरेसँगै कांग्रेसकै केही नेता र प्रतिपक्षी दलका नेताले विरोध गर्नुका साथै जनस्तरमा समेत असन्तुष्टि देखिएको छ । कुलमानलाई हटाउने सरकारले निर्णय गरेसँगे आज काठमाडौंको बानेश्वर क्षेत्रमा नागरिक समाजलगायतले विरोध प्रर्दशन समेत गरेका छन् ।


    मंगलवार, चैत्र १२ २०८१०५:४२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij