Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई असफल पार्न खोजियो - प्रधानमन्त्री ओली

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई असफल पार्न खोजियो - प्रधानमन्त्री ओली

  • मंगलवार, चैत्र १२ २०८१

  • 470
    SHARES

  • समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई असफल पार्न खोजियो - प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पर्ने संकल्प सफल पार्न नदिन केही मानिसहरू प्रयास गरिरहेका टिप्पणी गर्नुभएको छ ।

    ललितपुरको कुपण्डोलमा आज आयोजित नेकपा एमालेनिकट प्रगतिशील इन्जिनियरिङ एशोसिएसनको राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा उहाँले आफूले बोकेको संकल्प पूरा हुन नदिने प्रयास भइरहेको बताउनुभयो ।

    समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पर्ने संकल्प बोकेको बताउँदै प्रधानमन्त्री ओलीले केही मानिसहरू आफ्नो संकल्पलाई पूरा गर्न नदिेने प्रयासमा लागिरहेको बताउनुभयो ।

    सरकारको प्रयासलाई असफल पार्न विरोधीहरूले प्रयास गर्नु स्वाभाविक भए पनि संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो । प्रतिपक्षीहरू सत्यलाई ढाक्न र झुटो फैलाउन अत्यन्तै सक्रिय देखिएको उहाँले आरोप समेत लगाउनुभयो ।

    प्रतिपक्षीले सरकारलाई अल्झाउन खोजे पनि आफू अल्झिन तयार नभएको र आफ्नो काममा केन्द्रित रहेका उहाँको भनाई छ ।


    मंगलवार, चैत्र १२ २०८१०३:४१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij