Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संविधानविरुद्ध कुनैपनि गतिविधि सह्य नहुने संविधानसभा परिषदको भनाइ, संविधानका व्यवस्थामाथि प्रश्न उठाउँदै भएका प्रदर्शन र विरोधका कार्यक्रमप्रति आपत्ति (खास खबर)

संविधानविरुद्ध कुनैपनि गतिविधि सह्य नहुने संविधानसभा परिषदको भनाइ, संविधानका व्यवस्थामाथि प्रश्न उठाउँदै भएका प्रदर्शन र विरोधका कार्यक्रमप्रति आपत्ति (खास खबर)

  • सोमवार, चैत्र ११ २०८१

  • 381
    SHARES

  • संविधानविरुद्ध कुनैपनि गतिविधि सह्य नहुने संविधानसभा परिषदको भनाइ, संविधानका व्यवस्थामाथि प्रश्न उठाउँदै भएका प्रदर्शन र विरोधका कार्यक्रमप्रति आपत्ति (खास खबर)

    काठमाडौं । संविधानसभा परिषद नेपालले संविधानका विरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने जनाएको छ । पछिल्लो समय संविधानका व्यवस्थामाथि प्रश्न उठाउँदै प्रदर्शन र विरोधका कार्यक्रम भइरहेको र त्यसमा परिषद्को आपत्ति रहेको जनाइएको छ ।

    आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै संविधानसभा परिषद नेपालले संविधानको संरक्षण सम्वद्र्धन र विकास गर्न प्रतिवद्ध रहने दृढ संकल्प रहेको भन्दै संविधानका विरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने जनाएको हो ।

    नेपाली जनताको संघर्ष र बलिदानबाट बनेको संविधानसभाबाट निर्मित संविधानको रक्षाका लागि सवै राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवि एकजुट हुन आवश्यक रहेको संविधानसभा परिषद नेपालले उल्लेख गरेको छ ।

    संविधानसभा परिषद नेपालका अध्यक्ष अनन्त पौडेलले संविधानमा देखिएका समस्या समाधान गर्ने व्यवस्था संविधानमा नै रहेको भन्दै संविधानबिपरितको कुनै पनि गतिविधि स्वीकार्य नहुने जिकिर गर्नुहुन्छ ।

    सार्वभौम जनताका नाममा जारी संविधानले नेपालको स्वतन्त्रता, अधिकारलाई आत्मसात गरेको परिषद्को भनाइ छ । सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, जनताको सार्वभौम अधिकार, स्वायतता र स्वशासनको सुनिश्चितता गरेको पनि परिषद्को भनाइ छ ।

    अहिलेको परिस्थीतिप्रति दलहरु गम्भीर हुनुपर्ने पौडेलको भनाइ छ । संविधानसभा परिषद नेपालले नेपाली जनताको अभिमतबाट स्थापित भएको लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न पनि अपिल गरेको छ ।

    संविधानले नागरिक तथा राजनीतिक अधिकारका अतिरिक्त आर्थिक, सामाजिक, सांस्कृतिक र सामुदायिक अधिकारलाई पनि मौलिक हकको रुपमा प्रत्याभूत गरेको परिषद्को भनाइ छ । संविधानले राज्यका सबै अंग र निकायहरूमा समानुपातिक, समावेशी सहभागिता र सीमान्तकृत वर्गको प्रतिनिधित्वलाई सुनिश्चित गरेको पनि परिषद्ले स्मरण गराएको छ ।

    भ्रष्टाचार नियन्त्रण, कानूनी शासन र सुशासनको प्रत्याभूति गर्दै नेपाली जनतालाई आश्वस्त र विश्वस्त बनाउने कार्यमा दलहरु जिम्मेवार बन्न जरुरी रहेको संस्थाको निष्कर्ष रहेको संविधानसभा परिषद नेपालकी सह–अध्यक्ष कल्पना धमलाले बताउनुहुन्छ ।

    उहाँले जनताको अपेक्षा अनुसार सवै पक्षसंग बृहत छलफल गरि संविधानमा रहेका कमीकमजोरीलाई हटाई आवश्यकताअनुसार संविधान संशोधन गर्नुपर्ने धारणा राख्नुहुन्छ ।

    त्यस्तै, पछिल्लो समय केहि समूहद्वारा संविधानको भावना विपरित गतिविधि गरिरहेको भन्दै घोर भत्र्सना गरिएको उहाँले बताउनुभयो । संवैधानिक व्यवस्थामाथिको हमलाबिरुद्ध सवै एकजुट हुनुपर्ने उहाँको भनाइ छ ।

    ’२००७ सालको राणाविरोधी क्रान्तिदेखि विभिन्न कालखण्डमा भएका सबैखाले आन्दोलनमा नेपाली जनताले उठाएका आवाजलाई संस्थागत गर्दै २०७२ असोज ३ गते संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतान्त्रात्मक शासन व्यवस्था, धर्म निरपेक्षता, समावेशी, समानुपातिक, मुल्य, मान्यतासहितको प्रमुख विशेषता भएको नेपालको संविधान नेपाली जनताको त्याग र बलिदानको परिणाम हो भन्ने हाम्रो संस्था संविधानसभा परिषद् नेपालको ठम्याइ छ,’ परिषद्ले भनेको छ ।


    सोमवार, चैत्र ११ २०८१०७:३०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij