Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित

  • सोमवार, चैत्र ११ २०८१

  • 365
    SHARES

  • जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित

    काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित भएको छ। पार्टी एकताको लागि दुवै पक्ष सहमति भएर एकीकरणको लागि गठन भएको कार्यदलले प्रक्रिया थालेको हो। कार्यदलको पहिलो बैठक हिजो बसेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बताउनुभयो ।

    पार्टी एकता निश्चित भइसकेको बताउँदै उहाँले कार्यदलको पहिलो बैठक बसेर सामान्य छलफल गरेर काम अघि बढाएको बाँकी काम केही दिनमा नै पूरा गर्ने गरी काम गरिरहेको उहाँले बताउनुभयो । एकीकृत पार्टीको अध्यक्षमा डा. सिके राउत, संरक्षक रेशम चौधरी र सहअध्यक्ष रञ्जिता श्रेष्ठ हुने सहमति भइसकेको उहाँले जानकारी दिनुभयो ।

    जनमतबाट एकताको लागि गठन कार्यदलको सदस्य समेत रहेका यादवले पार्टीको नाम र चुनाव चिन्हबारे पनि चाँडै सहमतिमा पुग्ने बताउनुभयो । पार्टी पदाधिकारीसहित आवश्यक संरचना कार्यदलले टुंग्याउने यादवले बताउनुभयो ।

    जनमतबाट कार्यदलमा उपाध्यक्ष अब्दुल खान, डा. शरदसिंह यादव, बालगोविन्द चौधरी हुनुहुन्छ, भने नागरिक उन्मुक्ति पार्टी तर्फबाट गंगा चौधरी, सुनिता चौधरी, रामलाल डगोरा थारु हुनुहुन्छ ।

    जनमतसँग पार्टी एकताको निर्णय गर्न बसेको केन्द्रीय समितिको बैठकमा पुगेर सिके राउतले सम्बोधन समेत गर्नुभएको छ । उहाँले बैठकमा रेशम र रञ्जिताको प्रशंसा गर्दै विगतको गल्ती आत्मसमीक्षा गर्दै अब एकताबद्ध हुनुपर्ने बताउनुभएको थियो । चुनावपछि नै गरेको एकताको प्रयास सफल भएको भए कम्तीमा आफूहरूको पार्टी ३० सीट जित्नसक्ने विश्लेषण राउतले गर्नुभएको थियो ।

     


    सोमवार, चैत्र ११ २०८१०३:३२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij