Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

अवसर पाए महिलाले देशमा उत्कृष्ट काम गरेर देखाउँछन् - खानेपानी मन्त्री यादव

अवसर पाए महिलाले देशमा उत्कृष्ट काम गरेर देखाउँछन् - खानेपानी मन्त्री यादव

  • सोमवार, चैत्र ११ २०८१

  • 454
    SHARES

  • अवसर पाए महिलाले देशमा उत्कृष्ट काम गरेर देखाउँछन् - खानेपानी मन्त्री यादव

    काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्न सक्ने बताउनुभएको छ । आज काठमाडौँमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व ‘अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया गोष्ठीमा बोल्दै यादवले महिलालाई अवसर दिने हो भने देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्ने जिकिर गर्नुभयो ।

    उहाँले नेपालमा राष्ट्राध्यक्ष बनेर विद्यादेवी भण्डारीले नेतृत्व गरिसकेको उल्लेख गर्दै महिलाहरू कमजोर नरहेको बताउनुभयो । नेपालको राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मुख्यसचिव बनेर देशको नेतृत्व गरिसक्नुभएको भन्दै महिलालाई अवसर दिनुपर्ने जरुरी रहेको उहाँको भनाई छ ।

    खानेपानी उपभोक्ता महासंघमा पनि ४२ हजार उपभोक्तामध्ये १ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्ने निर्णय उहाँले महासंघका अध्यक्षसँग आग्रह गर्नुभयो ।


    सोमवार, चैत्र ११ २०८१०२:२०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij