Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

ओली, देउवा र प्रचण्डबिच आज भेटवार्ता हुँदै

ओली, देउवा र प्रचण्डबिच आज भेटवार्ता हुँदै

  • सोमवार, चैत्र ११ २०८१

  • 517
    SHARES

  • ओली, देउवा र प्रचण्डबिच आज भेटवार्ता हुँदै

    काठमाडौं । आज प्रमुख तीन दलका शीर्ष नेताबिच भेटवार्ता हुँदैछ। आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच छलफल हुने भएको हो।

    बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा छलफल हुने बुझिएको छ। गत चैत ६गते प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीको विषयमा सोधिएको प्रश्नको उत्तरमा प्रधानमन्त्री केपी ओलीले विपक्षी दलका नेता पुष्पकमल दाहालसँग सम्पर्कको प्रयास भइरहेको जवाफ दिनुभएको थियो ।

    उक्त विषयमा छलफल गर्न चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले दाहाललाई भेट्नुभएको थियो। शीर्ष नेताहरुको आजको बैठकमा संक्रमणकालीन दुई वटा आयोगमा पदाधिकारी नियुक्तिबारे छलफल हुनेछ ।यसैगरी पछिल्लो राजनीतिक घटनाक्रम, राजावादीहरुको आन्दोलन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।


    सोमवार, चैत्र ११ २०८१०१:३२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij