काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको टुुगेदर फर टुमरो : युुथ एण्ड द प्राइमिनिस्टर कार्यक्रममा प्रधानमन्त्री ओलीले समस्याहरु भएको र त्यसको समाधानपनि भएको बताउनुभएको हो । अहिले सरकारले समाधान तर्फ काम अगाडि बढाएको उहाँले बताउनुभयो ।
आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो ।
थुप्रै मेडिकल कलेजहरु, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढेको बताउँदै उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने बताउनुभयो । सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको उहाँको भनाई छ ।