Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

शिर्ष तीन दलका नेताहरुबीच छलफलको तयारी

शिर्ष तीन दलका नेताहरुबीच छलफलको तयारी

  • आइतवार, चैत्र १० २०८१

  • 727
    SHARES

  • शिर्ष तीन दलका नेताहरुबीच छलफलको तयारी

    काठमाडौं । शान्ति प्रक्रियाको बाँकी कामबारे छलफल गर्न प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबिच छलफलको तयारी भएको छ ।

    हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका प्रमुख प्रतिपक्ष दलका नेता तथा पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ फर्किएपछि टीआरसीको विषयमा शीर्ष नेताबिच छलफल हुने प्रचण्डका सचिवालयले जनाएको छ । अभियानको क्रममा चितवनमा रहेका प्रचण्ड आज साँझ काठमाडौँ फकिदैँ हुनुहुन्छ ।

    ओलीका सल्लाहकार अग्नि खरेलसँग पनि टीआरसीको विषयमा मात्र छलफल भएको जिकिर आचार्यले गर्नुभयो । वर्तमान सरकार गिराउने वा सरकारमा सहभागी हुने भन्ने विषयमा कुनै सत्यता नभएको दाबी गर्नुभयो ।

    चैत ६ गते प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीको विषयमा सोधिएको प्रश्नको उत्तरमा प्रधानमन्त्री केपी ओलीले प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको जवाफ दिनुभएको थियो । ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो सुरु गरी शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो ।


    आइतवार, चैत्र १० २०८१०१:३१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij