Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

भारतीय विदेश सचिव श्रींगला मंसिर ११ गते नेपाल आउने

भारतीय विदेश सचिव श्रींगला मंसिर ११ गते नेपाल आउने

  • सोमवार, मंसिर ८ २०७७

  • 813
    SHARES

  • भारतीय विदेश सचिव श्रींगला मंसिर ११ गते नेपाल आउने

    काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले आगामी मंसिर ११ गते नेपाल आउने भएका छन् । उनी दुईदिने भ्र्रमणका लागि आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले आज एकै समयमा श्रींगलाको नेपाल भ्रमणको मिति सार्वजनिक गरेका हुन् ।

    श्रींगलाको भ्रमणलाई परराष्ट्रले नेपाल र भारतबीच उच्च स्तरीय भ्रमणको आदानप्रदानको निरन्तरता भएको जनाएको छ ।

    विदेश सचिव श्रींगलाको नेपाल भ्रमणबारे भारतीय सञ्चारमाध्यमहरूमा यसअघि नै चर्चा भए पनि नेपालको परराष्ट्र मन्त्रालयलाई भने कुनै जानकारी दिएको थिएन ।

    परराष्ट्र मन्त्रालयको विज्ञप्ति :

    mofa.png


    सोमवार, मंसिर ८ २०७७०३:२५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij