Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

पूर्वविशिष्टलाई सुविधा दिन नहुने स्वास्थ्यमन्त्री पौडेलको जोड

पूर्वविशिष्टलाई सुविधा दिन नहुने स्वास्थ्यमन्त्री पौडेलको जोड

  • शनिवार, चैत्र ९ २०८१

  • 423
    SHARES

  • पूर्वविशिष्टलाई सुविधा दिन नहुने स्वास्थ्यमन्त्री पौडेलको जोड

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पूर्वविशिष्टलाई सुविधा दिने नहुने र त्यसको सट्टा उनीहरूलाई मानसम्मान गर्नु ठीक हुने बताउनुभयो ।

    नेपालगञ्ज मेडिकल कलेजका समस्या कलेज प्रशासन आफैले खोज्नुपर्नेमा जोड दिदैं मन्त्री पौडेलले मेडिकल कलेजले राज्यले निर्धारण गरेका सम्पूर्ण नीतिनियमलाई मान्नुपर्ने बताउनुभयो ।

    मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी तथा सामुदायिक अस्पतालका दक्ष जनशक्तिलाई दिने तलब श्रम ऐनले तोकेबमोजिम नभए ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिनुभएको छ। औषधिको मूल्य समायोजनका लागि काम हुन लागेको जानकारी दिँदै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुनेगरी काम गरिने उहाँको भनाई थियो ।

    स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सरकारले धेरै लगानी गरेको उल्लेख गर्दै ती सबै पूर्ण क्षमतामा सञ्चालन हुने उहाँको भनाई छ । बिरामीहरूका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको सुनाउँदै ६६ लाख घरपरिवारलाई बिमा योजना जोडिने बताउनुभयो ।


    शनिवार, चैत्र ९ २०८१०३:२०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij