Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच वार्ता

विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच वार्ता

  • बिहिवार, चैत्र ७ २०८१

  • 990
    SHARES

  • विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच वार्ता
    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि पहल गरिदिन टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग टेलिफोन संवाद गर्नुभएको छ। 
     
    प्रधानमन्त्री निवास, बालुवाटारबाट प्रधानमन्त्री ओलीले संवाद गरी सो आग्रह गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ। जवाफमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रुपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गर्नुभयो।
     
    प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोन कुराकारी गर्नुभएको थियो ।
     
    आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराउनुभयो। संवादका क्रममा आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै दुई देशबिचको परस्पर सम्बन्ध विस्तारबारे कुराकानी भएको थियो।
     


    बिहिवार, चैत्र ७ २०८१०८:२०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij