Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकारले लोकप्रियताका लागि नभएर काम गरेर लोकप्रिय बन्नुपर्छः कर्ण थापा

वर्तमान सरकारले लोकप्रियताका लागि नभएर काम गरेर लोकप्रिय बन्नुपर्छः कर्ण थापा

  • बिहिवार, चैत्र ७ २०८१

  • 766
    SHARES

  • वर्तमान सरकारले लोकप्रियताका लागि नभएर काम गरेर लोकप्रिय बन्नुपर्छः कर्ण थापा

    काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले वर्तमान सरकारले काम नै नगरेको भन्न नमिल्ने बताउनुभएको छ । जति हुनपर्ने हो त्यति नभए पनि हुँदै नभएको भन्न भने नमिल्ने उहाँको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता थापाले दुई तिहाइको शक्तीशाली सरकारबाट जनताले जति आस गरेका छन् त्यो अहिले नै पूरा नभए पनि विस्तारै हुने विश्वास दिलाउनुभयो ।

    एकैपटक काम गरेर देखाउन संभव नहुने भएकाले सरकारले गठनको बेला गरेका प्रतिवद्धताअनुसार गरिरहेको दाबी गर्दै उहाँले वर्तमान सरकारले जनता र देशलाई निराश नबनाउने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो ।

    लोकप्रियताका लागि नभएर काम गरेर लोकप्रिय बन्न पनि सरकारलाई नेता थापाले सुझाव दिनुभएको छ ।

    प्रतिपक्षले जहिले पनि सरकारको विरोध गर्नको लागि मात्रै विरोध गरिरहेको आरोप लगाउँदै उहाँले यो सबै आफू सरकारदेखि बाहिरिनुपर्दाको छट्पटहाट बाहेक अरु नभएको टिप्पणी गर्नुभयो ।

    यस्तै गठबन्धनमा कुनै पनि मतभेद नभएकाले सहमतिअनुसार नै चलेको र आगामी निर्वाचनसम्मै चल्नेमा कुनै शंका नरहेको समेत नेता थापाको दाबी रहेको छ ।


    बिहिवार, चैत्र ७ २०८१११:३७:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij