काठमाडौं । प्रधानमन्त्री के पी शर्मा ओली अहिले ताप्लेजुङको घुन्सा पुग्नुभएको छ । नेपाल–चीन सीमा क्षेत्रको निरीक्षण लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन आज पूर्वाञ्चल भ्रमणमा जानेक्रममा उहाँ आज ताप्लेजुङ पुग्नुभएको हो ।
प्रधानमन्त्री ओलीले हेलिकप्टरबाट घुन्सा क्षेत्रको निरिक्षण गर्नुभएको छ भने अहिले त्यहाँ आयोजित स्वास्थ्य इकाइ भवनको उद्घाटनको औपचारिक कार्यक्रममा सहभागी हुनुभएको छ ।
ताप्लेजुङको कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओलीले इलामको पर्यटकीय क्षेत्र सन्दकपुरको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले त्यहाँ स्थापना गरिने सीमा सुरक्षा चौकीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।