Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान

  • मंगलवार, चैत्र ५ २०८१

  • 747
    SHARES

  • नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान

    काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आज आयोजित विशेष समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नेपाल प्रहरीको ३१औँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

    दर्ज्यानी चिह्न ग्रहण गर्दै महानिरीक्षक थापाले समाजमा देखिने राम्रा र नराम्रा, खराब र असल अनेक पात्र र पक्षको प्रतिबिम्बबाट नेपाल प्रहरी पनि मुक्त नरहेको भन्दै आवश्यक सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    उहाँले आफूले प्रहरीको सेवामा प्रवेश गरेदेखि नै निष्ठापूर्वक काम गरेको भन्दै सङ्गठनको नेतृत्व गर्दा पनि निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता जनाउँदै सङ्गठनभित्र कार्यक्षमताको उचित मूल्याङ्कन गर्ने र पूर्वाग्रही भावना नराखी समन्वयात्मक भूमिकामा लाग्ने बताउनुभयो ।

    नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिह्न प्रदान गर्दै गृहसचिव दुवाडीले विभिन्न अपराधका घटनाबाट नयाँ चुनौती उत्पन्न भएकाले यसलाई सहज रुपमा समाधान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले मुलुकको शान्ति सुरक्षा कायम गर्न मन्त्रालयबाट सदैव सकारात्मक सहयोग हुने बताउनुभयो ।


    मंगलवार, चैत्र ५ २०८१०१:२०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij