Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्ववियु निर्वाचनको मतदान जारी

स्ववियु निर्वाचनको मतदान जारी

  • मंगलवार, चैत्र ५ २०८१

  • 429
    SHARES

  • स्ववियु निर्वाचनको मतदान जारी

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। स्ववियुको नेतृत्व चयनका लागि आज बिहान आठबजेदेखी जारी मतदान दिउँसो ४ बजेसम्म चल्नेछ। स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति सदस्यसचिव पशुपति अधिकारीले काठमाडौंसँगै धरान, नेपालगन्ज, पोखरा, पाल्पा लगायतका क्याम्पसहरुमा पनि मतदान सुरु भएको बताउनुभयो।

    उहाँका अनुसार राजनीतिक दलनिकट २५ विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थीको समूहले निर्वाचनमा भाग लिँदै छन्। महेन्द्र बहुमुखी क्याम्पस दाङ र धनकुटा बहुमुखी क्याम्पस गरी दुई आंगिक र सम्बन्धन प्राप्त ८५ क्याम्पसमा निर्विरोध भइसकेको छ । विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा ८ चैत र पद्मकन्यामा ७ चैतमा मात्रै निर्वाचन हुने छ।

    निर्वाचनको तयारी पूरा भएपछि काठमाडौंका मुख्य क्याम्पसहरु रत्नराज्य, त्रिचन्द्र क्याम्पस, पद्मकन्या, विश्वभाषा, अस्कल, ल क्याम्पस, सरस्वती क्याम्पस, पब्लिक युथ क्याम्पस र शंकरदेव क्याम्पस तथा काठमाडौं बाहिर भैरहवा, बुटवल र जनकपुर क्याम्पसलगायत १५ वढीमा स्थगित भएको छ। स्थगित भएका क्याम्पसमा १५ दिनभित्र चुनाव गराउने तयारी छ ।

    चुनावको अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार र पत्रकारहरूको टोली अनुगमनमा खटिएको छ।


    मंगलवार, चैत्र ५ २०८१०१:१२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij