Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

कांग्रेस कसैलाई साथ दिएर सरकारमा सामेल हुने पक्षमा छैन – प्रवक्ता शर्मा

कांग्रेस कसैलाई साथ दिएर सरकारमा सामेल हुने पक्षमा छैन – प्रवक्ता शर्मा

  • सोमवार, मंसिर ८ २०७७

  • 1.6K
    SHARES

  • कांग्रेस कसैलाई साथ दिएर सरकारमा सामेल हुने पक्षमा छैन – प्रवक्ता शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा राज्यको दायित्व जत्ति पर्याप्त र प्रभावकारी हुनुपर्ने हो त्यत्ति हुन नसकेको बताउनुभयो । साथै नागरिक स्वंय आफूले निर्वाह गर्ने दायित्वप्रति पनि अझै बढी गम्भिर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रवक्ता शर्माले कांग्रेसले सार्वजनिक रुपमै वक्तव्य जारी गरेर सरकारलाई सचेत गराएको भएपनि त्यसप्रति सरकारले गम्भीरता नदेखाएको बताउनुभयो ।

    यस्तै, उहाँले कोरोना महामारीको संक्रमण बढ्दै गएकोप्रति बेखर रहेर सरकार आन्तरिक किचलोमा रुमलिएको टिप्पणी गर्नुभएको छ । जनताले पाँच वर्षको लागि सत्ता संचालनको म्याण्डेट नेकपालाई दिएको भएपनि त्यसकार सरकार पूर्ण रुपमा असफल भएको प्रवक्ता शर्माको भनाइ छ ।

    कांग्रेसलाई जनताले ५ वर्षको लागि प्रतिपक्षमा नै बस्न भनेकाले कुनै पनि पक्षलाई साथ दिएर सरकारमा कांग्रेस सामेल नहुने पनि उहाँले प्रष्ट पार्नुभयो ।

    ‘नेपाली कांग्रेसलाई प्रष्ट ५ वर्षको लागि प्रतिपक्षमा वस्न भनेका छन्, र कम्युनिष्ट पार्टीलाई सत्ता संचालन को म्याण्डेट दिएका छन्, प्रवक्ता शर्माले भन्नुभयो, ‘सत्ता संचालनको लागि दिइएको म्याण्डेट बमोजिम उहाँहरु संचालन गर्न सक्नुहुन्न, उहाँहरुको यो कमजोरी आफ्नो ठाउँमा भयो तर नेपाली कांग्रेस यो पक्ष र त्यो पक्षको जोड–घटाउलाई साथ दिएर सरकारमा सामेल हुने पक्षमा छैन ।’

    नेकपाभित्रको विवाद बढेर फुटको संघारमा पुगेकै बेला शनिबार प्रधानमन्त्री ओलीले विपक्षी दल नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवासँग गोप्य भेट गरी सत्ता साझेदारीको प्रस्ताव गर्नुभएको थियो ।


    सोमवार, मंसिर ८ २०७७०९:१४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij