Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

  • बुधवार, आषाढ २४ २०७७

  • 782
    SHARES

  • नेकपा स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बुधबार बिहान बस्दै छ। पटक पटक स्थगित हुँदै आएको बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

    नेकपाभित्र चर्किएको विवादका कारण बैठक स्थिगत हुँदै आएको हो। सहमतिका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल  प्रचण्डबीच पटकपटक छलफल भएपनि निकास निस्कन सकेको छैन।

    यसअघि सोमबारका लागि तय भएको स्थायी कमिटीको बैठक आज बुधबारसम्मका लागि स्थगित भएको थियो।

    पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार पनि थप आन्तरिक छलफल गर्नेगरी बिहीबारको स्थायी कमिटी बैठक एक दिनका लागि स्थगित गरिएको थियो। स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक स्थगित हुँदै आएको छ।

     


    बुधवार, आषाढ २४ २०७७०७:१५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij