Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको सञ्चारमन्त्री गुरुङको दाबी

नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको सञ्चारमन्त्री गुरुङको दाबी

  • आइतवार, चैत्र ३ २०८१

  • 429
    SHARES

  • नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको सञ्चारमन्त्री गुरुङको दाबी

    काठमाडौं । सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको दाबी गर्नुभएको छ ।

    विज्ञापन प्रवद्र्धनमा विज्ञापन एजेन्सीको भूमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । चाहेअनुसारको वाञ्छित सफलता हासिल गर्न नसके पनि देशलाई श्रीलंका हुनबाट जोगाइएको दाबी गर्नुभयो ।

    अर्थतन्त्रको समस्या सुधार गर्न सरकार लागिपरेको भएपनि वाञ्छित सफलता हासिल गर्न नसकिरहेको बताउँदै उहाँले सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या रहेको बताउनुभयो । पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये सुशासन कायम हुन नसक्नु भएको बताउँदै उहाँले सबै समस्याको समाधानमा सरकारले काम गरिरहेको बताउनुभयो । बढ्दै गएको अर्थतन्त्रको समस्या सुधार्नका लागि पनि सरकारले काम गरिरहेको उहाँको दाबी छ ।


    आइतवार, चैत्र ३ २०८१०२:१४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij